मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

साँस्कृतिक पर्व रोपाई जात्र सम्पन्न


चन्द्र खड्का /  जिरी सन्देश
ठोसे, २० भाद्र । पुरानो संस्कृति बोकेको रोपाई जात्र भब्यताको साथ सम्पन्न भएको छ । रामेछापको ठोसे मा बसोबास गर्ने स्थानि नेवारी समुदायले भाद्र १९ गते कृष्ण अष्टमिको दिन पुरानो संस्कृतिलाई जोगाउने गरि भगवान कृष्णको जन्म दिंदै यो पर्व मनाउने गर्दछन् । 

पुरानो कलाले भरिएको यो पर्वमा नेवारी समुदायका स्थानिय युवाहरुले विभिन्न नेवारी कला देखाएका थिए । भुकम्पाबाट त्रसित बनेका आम नागरिकलाई नेवारी कलाकारहरुले विभिन्न झाँकि सहित नागरिकहरुमा भुकम्पाको भय हटाउन  बेजोड कला प्रर्दशन गरि हंसाएका थिए । यो पर्वमा समाजमा हुने विभिन्न नकारत्मक क्रियाकलाप माथी चोटिलो ब्याङ्ग्य प्रहार गर्ने गरिन्छ । मेला हेर्ना को लागि दोलखा र  रामेछापका गाउँ गाउँ बाट आएका रमितेहरुले ठोसे पुरै भरिएको थियो । दिनमा रोपाई जात्र देखाउने र रातमा महाकाली नाच देखाउने गरिन्छ । रोपाई जात्र मा चोटिलो ब्याङ्ग्य प्रहारगरि दर्शकलाई हंसाईन्छ भने महाकालीमा विभिन्न भगवानको नाच देखाउनुको साथै मध्य रातमा भगवान कृष्णलाई जन्माइने पराम्परा छ । स्मरण रहोस साँच्चिकै भगवान कृष्णको जन्म दिने होईन, एउटा कला मात्र हो । यो नाचलाई अत्यन्त महत्वपुर्णको साथ हेर्ने गरिन्छ । दिनमा भन्द रातको मेला भर्ने रमितेले ठोसेलाई निकै ठुलो भिडभाड बनाउने थियो ।
विनाशकारी भूकम्प पछि रामेछापको ठोसे पुरानो बजार

बैशाख १२, १३ र २९ गते को विनासकारी भुकम्पाले ठोसेबजारलाई तहसनहस बनाए पछि मेला देखाईन्छ वा देखईन्न भन्ने दोघारमा रहेका स्थानीयहरुलाई ठोसेका नेवार समुदायले यस्तो विपतको घडिमा पनि पुरानो संस्कृति छाड्ना नहुने भन्दै मेला देखाएका हुन् । ठोसे बजारमा विनासकारी भुकम्पाले मानविय क्षति नभए पनि ठुलोरुपमा भौतिक क्षति पु¥याएको थियो । यहाँका केहि घरहरु मात्र वस्न मेल्ने छन् भने अरु सबै घरहरु पुर्णरुपमा क्षति पुगेको छ । ठोसे बजार पुरानो ईतिहाँस बोकेको बजार हो । जहाँ राणकालमा फलाम खानी सञ्चालनमा थियो । यसै फलाम खानीले कहलिएको ठोसे बजार को भौतिक संरचना अहिले पुन निमार्णको पखाईमा छ ।