मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

जनसहायोगी साकोस मालीको काठमाण्डौँ सदस्य भेला सम्पन्न

चैत्र २२, दोलखा 
         माली बासीको एकताको प्रतिक आर्थिक विकासको धरोहर जनसहयोगी बचत तथा ऋण सहकारी संस्था लि.माली को तेश्रो काठमाण्डौँ भेला शनिबार ( २२ चैत्र )  सम्पन्न भएको छ । 

      सँस्थाको अध्यक्ष भक्त के.सी. को सभापतित्वमा सम्पन्न भेलाकोे समाजसेवी टहलबहादुर खड्काले उद्घाटन गर्नु भएको थियो । सम्पन्न भेलाले कृषी उत्पादनमा जोड दिदै मासु जन्यपदार्थ उत्पादनका लागि व्यवायीक पशुपालन तर्फ विशेष लगानी गर्ने शैक्षिक कर्जाको व्यवस्थाका साथै गरीबी न्यूनीकरणका लागि  महिलाश्रमलाई उत्पादन मुखी बनाउँने निर्णय गरेको छ । सँस्थाले प्रत्येक वर्ष विभिन्न पेशा तथा ब्यवासाय सञ्चालन गर्दै काठमाण्डौँमा बसोबास गर्ने सदस्यहरुको भेला गर्दै आएको छ ।

      भेलामा महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लि.सहरेका अध्यक्ष बालकुमारी फँुयाँल, जिरी खिम्ति साकोस जिरीका सचिव हरिराम कार्की, छत्रबहादुर खड्का, राष्ट्रिय कलाकार कल्याण राई, रोहित कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।