मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

तिमी बिना बाँच्नै नसक्ने भएछु (गजल)

तिम्रो सम्झनामा मेरो आँसु पिउँदा(पिउँदै पिउन नसक्ने भएछु
जिउँदा(जिउँदै तिम्रो नाममा जिन्दगी, म जिउन नसक्ने भएछु

स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा(गर्दै
म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु

बज्र कुमार राई
मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा(खेल्दै
म आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु

बन्द भए भट्टीपसल, साथीहरुले छोडी गएछन्
बाटो तिर्मिर्याएर पाईलामा, गन्तव्यमा म पुग्नै नसक्ने भएछु

रात निस्पट अध्यारो भएपछि, शहर मस्त निदाएछ
म हिँड्दै गरेको गल्लीमा बर्बराउँदै, सुतनै नसक्ने भएछु

त्यहि रातमा भेट्नेहरुले मरेको ठानेर, तर्सदै हिंडेपछि
भूत लखेट्ने कुकुरबाट, म टोक्नै नसक्ने भएछु

भोलिको पहिलो झिसमिसेमा, कक्रिएर ब्युँझेपछि
लाज शरमको पोको लुकाई, म भाग्नै नसक्ने भएछु

कसले बुझ्छ मेरो कथा, थर न ठेगाना भएपछि
त्यै भट्टीमा भोलिबाट, म एक्लै मात्र नबिक्ने भएछु

बिहानी भो, दिन आयो, दिन गयो फेरी रात आएछ
त्यही रातमा फेरी म तिमीबिना बाँच्नै नसक्ने भएछु