मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

रामेछाप जिल्लाकै पहिलो विद्यालयमा ५ करोडको क्षति, अस्थाई शिकाई केन्द्र प्रयाप्त नहुँद शिक्षण मा समस्या

चन्द्र खड्का /  जिरी सन्देश
ठोसे, २० भाद्र । गएको बैशाख १२, १३ र २९ गतेको विनासकारी भुकम्पाले रामेछाप जिल्लाकै पहिलो र पुरानो शारद उच्च माध्यामिक विद्यालय ठोसेको ९५ प्रतिशत भन्द बढि भौतिक क्षेति पुगे पछि पठान पाठन मा समेत समस्या देखिएको छ । विद्यालयलाई पुर्ण क्षेतीको प्रमाण पत्र दिए पनि अस्थाई शिक्षण केन्द्र निर्माणको लागि जिल्ला शिक्षा कार्यलय राममेछापले ३ लाख रुपैयाँ वितरण गरेको थियो । उक्त रकम अस्थाई शिक्षण केन्द्र निमार्ण गर्न प्रयाप्त नभए पछि २ वटा ट्रेनको समेत प्रयोग गरि विद्यालयले कक्षा सञ्चालन गर्दै आएको छ । 


२ तले ६ कोठे पक्कि एउटा भवन बाहेक अन्य सबै भवनहरु प्रयोग गर्र्न नमिल्ने गरि भत्किएको थियो । जसमा १२ कोठे २ तले ढुङ्गाले छाएको एउटा कच्चि भवन, जस्ताको छानो भएको २ तले ३ कोठे भवन, ६ कोठे पक्कि विज्ञान प्रयोग शाला भवन, २ तले ४ कोठे पक्कि भवन, ५ वटा भुकम्पा ब्लकको १० वटा कक्षा कोठा, ढुङ्गाको छानो भएको ५ कोठे अतिथि भवन, जस्ताको छानो भएको २ तले १० कोठे छात्रावास भवन प्रयोग गर्न नमिल्ने गरि क्षति पुगेको थियो । विज्ञान प्रयोगशालाको भवन रामेछाप क्षेत्र नंं. १ अन्र्तग विद्यालयहरुको विज्ञान प्रयोगशाला भवन हो । विज्ञान प्रयोगशालाको सामाग्रीहरु मा समेत क्षेति पुगेको छ । १५ वटा शैचालय पनि प्रयोग गर्न नमिल्ने भए पछि विद्यार्थिहरुलाई सौच गर्न समस्या परेको छ । पहिला ६ वटा धारा प्रयोग गर्दै आएका विद्यार्थिहरु अहिले एउटा धारा अस्थाईरुपमा सञ्चालनमा हुँदा पानी पिउनको लागि पालो कुर्नु पर्ने समस्या भएको विद्यार्थीहरुको गुणाशो छ । २६ थान कम्प्यूटर फुटेर काम नलाग्ने भएको छ भने १० लाख बराबरको पुस्तकहरु परिँद पुस्तकलय पनि बन्द छ । विनाशकारी भुकम्पाले शारद उमाविमा मात्र ४८ वटा कोठा पुर्ण रुपमा क्षेत्री तथा विभिन्न सामाग्रीहरु गरेर झण्डै ५ करोड भन्द माथीको क्षति पुगेको विद्यालयको प्राचार्य भगवान कार्कीले जानकरी दिनु भयो । विशेष गरि रामेछाप जिल्लाको ५ वटा गाविसको ठोसे, चुचुरे, गुम्देल, बाम्ति र कुम्भुकाँस्तलीका विद्यालयहरु मा सबै भन्द बढि क्षेति पुगेको छ ।
जल्ला कै पुरानो र उत्कृष्ठ छवि बनाएको यस विद्यालयले २००९ साल बैशाख १० गते बाट औपचारिकरुपमा पठानपाठन सुरु गरेको थियो । २०१३ साल मा  निमावि हुँदै २०२१ साल बाट मावि तह सम्मको कक्षा सञ्चालन गर्दै आएको थियो । २०६२ सालमा उच्च माविको स्वीकृत पाएको यस विद्यालयले २०६५ साल बाट स्नातक तह सम्मको कक्षा सञ्चालन गर्दै आएको छ । हाल विद्यालय तहमा मात्र ६०० भन्द बढि विद्यार्थिहरु अध्यान गर्दै आएका छन् ।