मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

भीषण दिनहरु…..

नवीन जिरेल

     बजारको शून्यतालाई चिर्दै छेउको घरको ढोका घरक्क खुल्यो । हामी चनाखो भयौँ । भित्रबाट बूढा मान्छे निस्किए र पुलतिर आए । हामीले पोजिसन लियौँ । उनी ढुङ्गामाथि चढे र पिसाब फेर्न लागे । लौ, पिसाब त मेरो ढाडमाथि पो दर्किन थाल्यो १ मलाई उठेर बूढाको गालामा एक थप्पड हानूँ जस्तो रिस उठ्यो । तर के गर्नु १ रातमा फेरि अर्को हङ्गामा मच्चिएला भन्ने डर लाग्यो । फेरि हाम्रो टिमको गतिविधि अरूलाई थाहा हुनबाट जोगाउनु पनि थियो । त्यही भएर म चुपचाप घोप्टो परेर बसिरहेँ । ढाडमा तररर पिसाब वषिर्रहृयो । बूढा आफ्नो कर्मकाण्ड भ्याएर घरतिर लागे ।

सल्लेरी मोर्चामा म तेह्रवर्षे किशोरको भूमिका रनरको थियो । मेरो काम समग्र टिमको कमान्डर र लडाइँको अग्रपङ्क्तिका लडाकुहरूबीच सम्पर्क स्थापित गर्नु थियो । गोलीको पर्रा कहाँबाट छुटिरहेको छ, म थाहा पाउन चाहन्थेँ । त्यसमा शाही सेनाले सजिलो पारिदिएको थियो । हाम्रो स्थिति पत्ता लगाउन शाही सेनाले घरीघरी भेरी लाइट बाल्ने गर्दै थियो । त्यसको उज्यालोमा होशियारीसाथ म अगाडिको टिमतिर बढ्न थालेँ ।
ए, ए, यताबाट आइज, यताबाट १”
मेरा कानमा एउटा आवाज गुन्जियो । त्यो सुनेपछि मलाई एसाल्टनजिकै पुगेछु भन्ने लाग्यो । उठेर आवाज आएतिर दौडिएँ, तर नराम्रोसँग पछारिएँ । त्यहाँ तार लगाइएको रहेछ । त्यसैमा अल्झिएर म भुइँमा पछारिएँ । उठ्न खोज्दा मेरा कानमा फेरि एउटा शब्द ठोक्कियो । निकै फोहोरी गाली ।
पछि कसोकसो गर्दा लामो घर ब्यारेक रहेको थाहा पाएँ र मेरो सातो गयो । मलाई बोलाउने त हाम्रो साथी नभएर शाही सैनिक पो रहेछ १ त्यो साइडका हाम्रा एसाल्टहरू आफ्नो आर्कमा पुगेका रहेनछन्, जसका कारण म झुक्किएर शाही सेनाको घरनजिक लेप्सिन पुगेको रहेछु ।
        यात्रा क्रममा हामीले कहिले रासन(पानीको अभावले भोकभोकै मुख सुकाएर पनि हिँड्यौँ । बाटोमा भेटिएका ससाना पसल फर्मेसनहरूले एक पटक किनमेल गरेपछि रित्तिन्थे । बिहान(बेलुकाको लागि खाजा चाउचाउ, बिस्कुट, दालमोठ, चिउरा पसलमा जे पाइन्छ, कमान्डरहरूले किनेर सबैलाई बाँडिदिन्थे । फर्मेसनको बजेट निश्चित हुन्थ्यो । पार्टीको लेभी, पार्टी सङ्गठनले उठाएको चन्दा यसको स्रोत हुन्थ्यो । माथिल्लो सङ्गठनले तल्लो सङ्गठनको आवश्यकता अनुसार पैसाको निकासी दिन्थ्यो । फर्मेसनबाट बाहिर नजाने सामान्य स्थितिमा कमान्डरदेखि प्रत्येक सदस्यसम्मलाई मासिक अढाई सय पकेट खर्च दिइन्थ्यो । त्यसैबाट ब्रस, मञ्जन, कपडा धुने र नुहाउने साबुन, कापी, कलम, डायरी आदि पुर्‍याउनुपथ्र्यो । फर्मेसनभित्र जाँड, रक्सी र चुरोट खाने अनुमति थिएन । कसैले खाँदैनथे । लुकीचोरी खैनी खानेहरूले पनि त्यही पैसाले पुर्‍याउनुपथ्र्यो ।
        टिममा थरीथरीका साथीहरू थिए । कमरेड मोहन कम्पनीको मेडिकल विभागमा हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यकर्मीको रूपमा भन्दा बढी एउटा चुलबुले पात्रको रूपमा चिनिन्थ्यो । उहाँले कहिले डाइजिन भनेर साथीहरूलाई लुतोको औषधि खुवाउनुहुन्थ्यो त कहिले केके गर्नुहुन्थ्यो । उहाँ काँचो चिनी खान मन पराउनुहुन्थ्यो । त्यसको लागि व्यवस्थापन विभागका साथीहरूसँग उहाँको खटपट चलिरहन्थ्यो ।
     अर्को नमूना हुनुहुन्थ्यो कमरेड अजित । उहाँ सबैको मेसमा अचार माग्दै चाख्दै हिँड्ने गर्नुहुन्थ्यो । अचारको लागि सामान अलि धेरै भएको ठाउँमा त ठीकै थियो, तर कम भएको ठाउँमा समेत अचार चाख्न नदिए उहाँ साथीहरूलाई हैरान पार्नुहुन्थ्यो । मलाई उहाँको व्यवहार पटक्कै मन पर्दैनथ्यो । अति भएपछि मैले उहाँलाई पाठ पढाउने विचार गरेँ ।
एक दिन म खाना बनाइरहेको थिएँ । अचारको लागि गोलभेडा पकाएर भरखरै निकालेको थिएँ । कमरेड अजित अरूको मेसमा झै गरी मनजिकै आएर बस्नुभयो । मैले बुझ्हिालेँ, अचार चाख्न आउनुभएको हो भनेर । मैले केही बोल्नुपहिले नै उहाँले मुख फोर्नुभयो, “अचार पाकेन रु चाखौँ न १”
     मैले केही नबोली एक चम्चा तात्तातो अचार उहाँको दायाँ हातमा राखिदिएँ ।
उहाँले त्यो अचार दायाँ हातबाट छिटछिटो बायाँ हातमा सार्नुभयो र पुनः बायाँबाट दायाँमा गर्दै मुखमा हाल्नुभयो । त्त्कालै आत्थाथाथा गर्दै ओकल्नुभयो र फालिदिनुभयो । त्यतिन्जेल उहाँका आँखा आँसुसरि भइसकेका थिए । अनुहार पूरै रातोपिरो भएको थियो । मैले चुपचाप हेरिरहेँ भित्रभित्रै हाँसे पनि बाहिर त्यसको छनक दिइनँ । उहाँ केही नबोली बाहिर निस्कनुभयो ।
हामी मस्त निद्रामा थियौँ । बाहिर कसैले बोलाइरहेको सुनियो । कमरेड उठ्दै प्रताप बोल्नुभयो, “किन रु”
बाहिरबाट नरेशको स्वर सुनियो, “आयो सर, आयो १”
      के आयो होला भनेर म अचम्ममा परेँ । शाही सेना आएछ कि जस्तो पनि लाग्यो ।
कमरेड प्रतापले ढोकातिर गएर भन्नुभयो, “आयो त आयो ११” उहाँ मुस्कुराउनुभयो ।
नरेशले प्रत्युत्तरमा फेरि “आयो आयो” भन्दै टाउको हल्लायो । म दुवैको जुवारी सुनेर छक्क परिरहेकै थिएँ ।
कमरेड प्रतापले मन्द मुस्कान फ्याँक्दै सोध्नुभयो, “के भन्छ त उसले रु”
“सर, गोरुले त के भन्नु नि ११” नरेशको मुखबाट कुरा फुत्कियो ।
कुरा बुझ्ेपछि मैले सुनेको नसुन्यै गरी फेरि आँखा चिम्लिएँ ।
भोलिपल्ट उठ्नेबित्तिकै गन्तव्यतर्फ लाग्ने उर्दी भएकोले हामीले शिकार खान पाएनौँ । गोरुको ज्यान बच्यो । नरेशले हिँड्नुअघि त्यसलाई फिर्ता गरिदियो ।
      ती दिदीले बाँसको ढुङ्ग्रोमा पानी ल्याएर दिइन् । ढुङ्ग्रो कालो न कालो, फोहोर न फोहोर थियो । भाँडो जस्तो भए पनि पानी नखाई सुख थिएन । पालैपालो खान थाल्यौँ । अन्त्यमा कमरेड सैतिमले पानी खाँदै थिए, ढुङ्ग्रोको पीँधमा ढाडिएको मुसो भेटियो । कहिलेदेखि डुबेको थियो १ पानी खानेजतिलाई सिकसिको लाग्न थाल्यो । थाथा थुथु गर्न थाल्यौँ । सैतिमले बान्ता गर्न थाले ।
ढुङ्ग्रोमा मरेको मुसो भेटिएपछि ती दिदी सातो गए जस्ती भइन् । बाजेले “हेरेर दिनुपर्दैन रु” भन्दै तिनलाई गाली गरे र हामीसँग माफी मागे ।
    मोर्चाबाट फर्किंदा भोकतिर्खाले सताएको थियो । एक जना साथीले माइन बनाउन काम लाग्छ भन्दै डीएसपी कार्यालयबाट बन्द प्रेसरकुकर ल्याउनुभएको रहेछ । त्यसमा केही छ कि भनेर खोलेर हेर्‍यौँ । बोसो टनाटन रहेछ । हातले कोट्टयायौँ, निकै सारो थियो । एक जना साथीले चक्कुले काट्नुभयो । बोसो केको थियो, हामीलाई थाहा भएन, तर मजा मानेर खायौँ ।
ती डाक्टर सा’ब बडो विचित्रको हुनुहुन्थ्यो । बिरामीको निम्ति भनेर कमरेडहरूले टाढाटाढाबाट अनेक दुःख गरेर ल्याएका फलफूल, हर्लिक्स, ग्लुकोज, दूध, दही आदिले उहाँलाई नै पुग्दैनथ्यो । उहाँको उपचार शैली फरक थियो । भन्नुहुन्थ्यो, “बिरामीले केही खान हुँदैन । दूध, दही र फलफूल खायो भने घाउ पाक्छ ।”
अर्को विचित्र के थियो भने, फर्मेसनमा खसी र भेडा दुइटै काटियो भने उहाँँ कहिल्यै भेडाको मासु खानुहुन्नथ्यो, भेडा खायो भने एलर्जी हुन्छ भन्नुहुन्थ्यो । अर्को दिन भेडा र राँगा काटियो भने आफूलाई राँगाको मासुले एलर्जी हुन्छ भन्नुहुन्थ्यो र कपाकप भेडाको मासु खान थाल्नुहुन्थ्यो । कुनै दिन राँँगा र अर्को त्योभन्दा तलको जनावर काटियो भने उहाँलाई राँगाको मासुले पनि एलर्जी हुँदैनथ्यो ।
म कोदो बालीभित्र छोपिएर एसाल्टहरूतिर कुदिरहेको बेला एउटा एसाल्टबाट आवाज आयो, “मञ्जिला, म घाइते भएँ ।” एक छिनपछि अर्को आवाज सुनेँ, “वीरबहादुर, मलाई गोली लाग्यो ।” वीरबहादुर र मञ्जिला दुवै साहसी र कुशल योद्धा हुनुहुन्थ्यो । उहाँहरूबीच केही समयअगाडि मात्र वैवाहिक सम्बन्ध स्थापित भएको थियो । एउटा उदाहरणीय युद्धजोडी थियो त्यो ।
कमरेड मञ्जिला र कमरेड वीरबहादुरलाई उपचारको लागि मेडिकल विभागतिर पठाइयो ।
एक जना साथीले सीधै अगाडि बढेर बङ्करभित्र रहेको दुश्मनले पड्काइरहेको मेसिनगनको मोजल ९बन्दूकको नाल० तान्नुभयो । उहाँलाई फिर्ता बोलाएर सपोर्ट फायर गरिँदै थियो, तर शाही सेनाले उहाँलाई र्फकन दिएन । उहाँले ठाउँको ठाउँ शहादत प्राप्त गर्नुभयो । उहाँको कार्य अत्यन्त दुस्साहसिक थियो ।
हामी बीसबाइस जनाको टिम शेर्पा दाइको घरमा बसेका थियौँ । घरबेटी दाइले एक दिन बिहान भीरमौरीको मह दिए । हामी सबैले अलिअलि खायौँ । तर कमरेड बादल र कमरेड अनन्तलाई मात लाग्यो । शेर्पिनी भाउजूले “जाँड खुवाएपछि महको मात लागेको ठीक हुन्छ” भनेपछि कमरेडहरूले एकएक डबका जाँड खुवाए । तर मात घटेन । केही समयपछि आफैँ स्वस्थ हुनुभयो ।
“म मरेछु भने घरमा खबर चाहिँ दिनू है १” कमरेड गहनले मसँग भने । उनले त ठट्टा गरेका थिए, तर मलाई चिसो अनुभूति भयो ।
“तपाईं मर्‍यो भने म खबर गरुँला, म मर्‍यो भने तपाईं खबर गर्नुहोला है १” तीन नम्बर एसाल्टका कमान्डर सन्देशले गहनलाई भने ।
“ए साथी हो, के कुरा गरेको १ जितेर आउने सपना देख्नु न १ के मर्ने कुरा गरेको रु” उदयपुर घर भएकी कोपिलाले गहन र सन्देश दुवैलाई भनिन् ।
         त्यो भाँडो देखेर मैले तिर्खा सम्झिएँ । मेरो ओठमुख सुकेको थियो । भाँडो उठाएर घटघट पिएँ । मुखमा दूधको तर जमे जस्तै भयो । रुमाल निकालेर मुख पुछेँ । पछि त्यो पानी सौजन्य र बटालियन कमान्डर शूरवीरले पनि पिउनुभयो ।
“के हो, पिसाबपिसाब पो गन्हाउँछ त १” शूरवीरले मुख नमीठो बनाउँदै भन्नुभयो ।
“छ्या, यो त साँच्चै पिसाबै रैछ १” सौजन्यले पनि थप्नुभयो ।
हामीले त्यो भाँडा उचालेर राम्रोसँग हेर्‍यौँ । मेरो नाकमा पनि हृवास्स पिसाबको गन्ध ठोक्कियो । खाँदा त केही भएको थिएन, मुखमा अलिअलि तर लागे जस्तो मात्रै भएको थियो । तर साथीहरूले पिसाब नै हो भनेपछि सारै घिन लाग्यो । आन्द्राभुँडी निकालेर पखाल्नु जस्तो भयो ।
म खुला छतमा निस्किएँ । त्यहाँ कुनै कभर थिएन । छतमा सीधै उभिएर एक म्यागजिन गोली दुश्मनको हाइपोस्टमा वर्षा गरेँ । तलबाट साथीहरू शाही सेना बसेको पोस्टमा चढ्दै थिए । गोली सकिएपछि प्राउन्ड पोजिसनमा बसेँ र अर्को म्यागजिन राखेर उठेर फेरि हान्न थालेँ ।
दशपन्ध्र राउन्ड मात्र के हानेको थिएँ, मेरो हातबाट हतियार भुइँमा झ्र्‍यो । शरीर तातोतातो भएको अनुभूति भयो । मेरो मुखबाट अनायासै निस्कियो, “ऐया १ मलाई गोली लाग्यो ।”
म कराएको सुनेर याङ्जी र अर्की बहिनी आएर हतियारसहित मलाई तानेर तल झारे । मेरा दुवै हातमा गोली लागेको थियो । याङ्जीले तल घरमा रहेका बेथान ब्रिगेडका बाँकी साथीहरूबाट मागेर हातमा पन्ध्रबीस वटा रुमाल बाँधिदिइन् ।
दरभङ्गाको बाटोमा हिँड्दै गर्दा साथीहरूलाई भारतीय प्रहरीले नेपाली माओवादीको शङ्का लागेर सोधेछ, “तुम लोग नेपाली आदमी हो रु”
हिन्दी नआउने पनि नबुझने पनि भएकोले प्रहरीलाई टार्न साथीहरूले खालि “हँ हँ” मात्रै भनेछन् ।
प्रहरीले फेरि सोधेछ, “तुम लोग नेपाल के आतङ्कवादी हो रु”
साथीहरूले फेरि भनेछन्, “हँ हँ ।”
उत्तर सकारात्मक आएको ठानी प्रहरीले उनीहरूलाई समाएछ ।
त्यत्तिकैमा बाहिर चट्याङको झल्याक झिलिक्क गरेको मात्र के थियो, हामी उछिट्टएिर घरको भित्तामा बजारियौँ । मैले चिच्याउन खोजेँ, तर आवाज निस्केन । मेरो स्वर बन्द भयो । दुईतीन पटक जोडले ख्याकख्याक गरेपछि मात्र मेरो स्वर निस्कियो । मैले यसो उठेर शुरूमा कमान्डर विविधलाई हेरेँ, उहाँ नजिकै भर्‍याङमा चेपिनुभएछ । उहाँलाई बमको धमाकाले मात्र लागेको रहेछ । उहाँका अङ्गरक्षक धरती घरको अर्को कुनामा पल्टिएका थिए । जनरेडियोका पत्रकार चन्द्रमान आँगनको बीचमा तनक्क तन्किएका थिए । उनको टाउकोबाट रगत बगिरहेको थियो । सञ्चार विभागकी अनिशा आँगनको अर्को छेउमा पल्टिएकी थिइन् । उनी रुँदै “मलाई मेडिकल लैजानू, मलाई गोली लाग्यो” भन्दै थिइन् । आँगनको डिलमुनिबाट कार्यालयकै कमरेड शरण चिच्याइरहेका थिए, “मेरो हिप छैन । बमले उडायो ।”
रामहरि श्रेष्ठ दाइलाई बयानको बेलामा छुट्टै कोठामा लगिन्थ्यो । हामीलाई त्यहाँ जाने अनुमति थिएन । ज(जसको बयान सकिन्छ, तिनलाई अर्को राउन्ड शुरू नहुँदासम्म हाम्रो जिम्मा लगाइन्थ्यो । रामहरि दाइ पनि हामीसँगै बस्नुहुन्थ्यो । बिहान(बेलुका सँगै हुँदा मैले उहाँसँग घटनाबारे बुझने कोशिश गरेँ । अरूले स्वीकार गरिसकेको हुँदा, यदि केही गल्ती छ भने स्वीकार गरेकै राम्रो हुन्छ भनेर मैले धेरै पटक सम्झाएँ ।
“भाइ, मेरो कुनै गल्ती नै छैन, म किन स्वीकार गरूँ रु” जहिल्यै उहाँको जवाफ यही हुन्थ्यो ।
बालाजु बसेको दुईतीन दिनसम्म उहाँले केही खानुभएको थिएन । मैले निकै आग्रह गर्दा पनि मान्नुभएको थिएन । सारै ढिपी लगाएपछि उहाँँँले थोरै दालको रस पिउन थाल्नुभएको थियो । खुराकको अभावले उहाँको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको थियो ।

९नेपालयले बिहीबार सार्वजनिक गरेको जिरेलको पुस्तक ‘भीषण दिनहरु’को अंश०

अनलाईन खबर बाट साभार नवीन जिरेल

 जिरेलको पुस्तक ‘भीषण दिनहरु’को अंश

{ अनलाईन खबर बाट साभार }