मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

मेरो पनि एउटा छुट्टै काहानी छ प्रेममा

मेरो पनि एउटा छुट्टै काहानी छ प्रेममा ,
सपना जली बाँकी केही खरानी छ प्रेममा ।

हजार आसा देखाएर,आफ्नो इक्षा पुरा गरी
अरुमाथि खेलवाड जानाजानी छ प्रेममा ।

के हुन्छ र सबुत यहाँ,छुट छ धोका दिन पनि
नियम छैन कानुन छैन मनोमानी छ प्रेममा ।

जिबन साथी अर्कै रोजी, माफि छ रे प्रेमिलाई
बुझिन , खै किन यस्तो अनाकानी छ प्रेममा ।
मेरो पनि एउटा छुट्टै काहानी छ प्रेममा ,
सपना जली बाँकी केही खरानी छ प्रेममा ।।

अन्जना   पुडासैनी