मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

१६ वर्ष पछि विस्तापित गाई फार्म पुन सञ्चलनमा ल्याईने


चन्द्र खड्का, जिरी सन्देश 
२० भाद्र, जिरी । विस्तापित भएको गाई फार्म १६ वर्ष पछि पुन सञ्चालनमा ल्याईने भएको छ । २०५६ सालमा तत्कालिन नेकपा माओवादिको एक समुहले विस्तापित गराएको गाई फर्म १६ वर्ष पछि सञ्चलनमा ल्याउन लागेको हो । पशु विकास फार्म जिरी को मातहतमा सञ्चलनमा रहेको चुचुरेको लहरे गाई फार्म २०५६ सालमा तत्कालिन नेकपा माओवादिका कार्यकर्ताहरुले विस्तापित गराईदिएका थिए ।

विस्तापित भए सँगै लहरेमा रहेको सरकारी खर्का र लहरे गाई फार्म ले भोचलन गर्दै आएको श्यामा गाविसमा र जिरी नगरपालिका वडा नं. १ मा रहेको सरकारी खर्क अलपत्र अवस्थामा रहेको थियो । तर केहि वर्ष पछि अलपत्र सरकारी जग्गा अतिक्रमण गरि स्थानियहरुले ब्यतिगत प्रयोजनको लागि होडबाजीमा नै भौतिक संरचना तयार गरेका छन् । लहरेको सरकारी जग्गामा मात्र झण्डै ३० घरको हारहारी मा भवन निमार्ण भईसकेको छ भने अझ भवन निमार्णको लागि घडेरी खार्ने काम तिब्र बनि रहेको छ । यता जिरी नगरपालिका वडा नं. १ मा रहेको जग्गामा पनि वर्षौँ पहिले देखि नै ब्यक्तिगत प्रयोजनको लागि भौतिक संरचना तयार गरी अतिक्रमण गरीएको छ । सरकारी खर्क राष्टिएकरण ऐन  २०३१ मा उल्लेख भए अनुसार सरकारी खर्कहरु स्थानियले घाँस उत्पादन गरि चरिचरण गर्न पाउने छन् भने ब्यतिmगत प्रयोजनको लागि कुनै पनि भौतिक संरचना निमार्ण गर्न पाईने छ । यी सरकारी खर्कहरु स्थानीय निकाएको मातहतमा हुने र यदि कसैले ब्यतिगत संरचना तयार गरे स्थानिय निकायले नियन्त्रण गर्नु पर्ने हुन्छ । अहिले चुचुरेको सरकारी खर्कमा बनेको भवनहरुको भाडा जटाश्वरी उच्च माध्यामिक विद्यालयले उठाउँदै आएको छ । सरकारी खर्क राष्ट्रियकरण ऐन २०३१ अनुसार यो गलत भएको पशुविकास फर्म जिरीका फर्म प्रवन्धक सुधिर सिङको भनाई छ । यस्तो गलत कार्यरोक्न स्थानिय निकाएले चासो नदेखाएको सिङको आरोप छ । लहरे गाई फर्म अन्र्तगत १२५ हेक्टर सरकारी जग्गाहरु हाल अलपत्र अवस्थामा छाडिएको छ । अहिले यस्ता जग्गाहरमा स्थानियले अतिक्रमण गरी भौतिक संरचना तयार गर्ने गरिएको छ ।

आर्थिक वर्ष २०७२/ ०७३ मा नै फर्म सञ्चालनको लागि लहरेमा भौतिक संरचना तयार गरिने र अर्को वर्ष बाट पशु विकास फर्म जिरी को शाखा फर्मको रुपमा सञ्चालन हुने पशु विकास फार्म जिरीका फर्म प्रवन्धक सुधिर सिङले बताउनु भयो । सुरुमा ३०/४० वटा गाई लगेर सुरु गरि विस्तारै गाईको सँख्या वढाएर फर्म विस्तार गर्ने प्रबन्धक सिङले जानकारी  दिनुभयो ।