मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

नेपालमा बिदेशी अातंकवादी हमलाकाे सन्त्रास : विमानस्थलमा छाडिए हतियार सहित नेपाली सेना

विश्वका कतिपय शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि नेपाल प्रवेश गर्ने मुख्य नाकामा नेपाली सेनाको ‘एन्टो टेरोरिस्ट युनिट’ ले निगरानी थालेको छ । नेपाली सेनाले आतंककारीले विमान अपहरण गरिहालेमा कसरी यात्रुलाई सुरक्षित अवतरण गराउन सकिन्छ भन्नेमा समेत विमानस्थल परिसरमा सैन्य अभ्यास गर्न लागेको स्रोतले बताएको छ ।

टर्कीको इस्तानबुल विमानस्थल र पछिल्लोपटक बगंलादेशमा भएको आतंकवादी संजाल आईएसको आक्रमणपछि नेपाल प्रवेश गर्ने एकमात्र हवाईमार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो । त्यसका लागि सेनाले नेपाल प्रहरीको विशेष व्यूरोको सहयोग लिएको छ ।
त्रिभुवन विमानस्थलको बाहिरी भाग को सुरक्षा गर्दै आएको सेनाले कतिपय ठूला मुलुकमा आतंकवादीले विमानस्थललाई निसान बनाउन थालेपछि विमानस्थलको भित्री सुरक्षा चासो राखेको हो । छिमेकी मुलुक भारत र अमेरिकाले समेत त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएपछि गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको समन्वयमा नेपाली सेनाको युनटिले विमानस्थल र स्थलमार्ग हुँदै भारबाट नेपाल प्रवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो ।