पर्वत ३० अशाढ
पर्वतमा सडक माथिबाट झरेको पहिरोमा परी एक मजदुरको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
पर्वतको लुङ्खुदेउराली–९ मा सडक माथिबाट झरेको पहिरोले पुर्दा तनहुँ दुलेगाँैडा गाविस– ५ का पुन माइला नामले चिनिन खड्गबहादुर पुनको ज्यान गएको हो । लुङ्खु–भोक्सिङ्ग सडक मर्मतका लागि काम गरिहेका बेला एक्कसी माथीबाट पहिरो खस्दा पुरीएर घाईते भएका पुनको उपचारका लागि पोखरा लैजादै गर्दा बीच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।







