विराटनगर, ३० असार
आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै मोरङ केराबारीका बुद्धराज लिम्बूले केराबारीकै कुमार भुजेललाई भाला प्रहार गरी घाईते बनाएका छन् । भाला प्रहारबाट घाइते भएका भुजेलको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार केराबारी हाटखोला–९ बस्ने ५० वर्षीय लिम्बूले आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध गरेको भन्दै छिमेकी ३५ वर्षीय भुजेललाई भाला प्रहार गरेका हुन् । भाला हानेर लिम्बू फरार भएको र खोजतलास जारी रहेको मोरङ प्रहरीले जनाएको छ







