मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

गोर्खाल्याण्ड’ को माग गर्दै ७२ घण्टे दार्जिलिङ बन्दको आब्हान

दार्जिलिङ, श्रावण १४, भारतको पूर्वोत्तर नेपाली भाषी बाहुल्य क्षेत्र दार्जिलिङमा सोमबारबाट ७२ घण्टे बन्दको आह्वान गरिएको छ ।
गोर्खा जनमुक्ति मोर्चाले दार्जिलिङ पहाडमा आजबाट बन्दको आह्वान गरेको हो । उक्त मोर्चाका अध्यक्ष विमल गुरुङले कालिम्पोङमा पत्रकार सम्मेलन गरी गोर्खाल्याण्ड नपाएसम्म आन्दोलन जारी रहने भएकाले पूर्ण तयारीमा रहनका लागी आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।


उनले यो बन्द लामो समयसम्म हुन सक्ने भन्दै जनतालाई चाहिने खाद्यान्नको जोहो गरिराख्न पनि सबै दार्जिलिङवासीमा अपील गरेका छन् । 
भारत सरकारले आन्ध्र प्रदेशबाट तेलंगानालाई अलग्गै राज्य बनाउने निर्णय गर्न लागेपछि मोर्चाले पनि लामो समयदेखिको गोर्खाल्याण्ड प्राप्तिको माग दोहोर्याएको हो ।
अध्यक्ष गुरुङले अब गोर्खाल्याण्ड टेरिटोरीअल एडमिनिष्ट्रेशन मात्र आफूहरुलाई मान्य नहुने भन्दै गोर्खाल्याण्ड राज्य नपाएसम्म आन्दोलन नरोकिने प्रष्ट पारेका छन । पश्चिम बंगाल राज्यभित्र रहेको यस क्षेत्रमा अलग राज्यका लागि दुई दशकदेखि भएको आन्दोलनमा धेरै जनाको ज्यान गैसकेको छ ।