मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

२०६९ साल माघ २९ गते, विवहाको पश्चात पहिलो तश्बिर

सुन्दर दोलखाको एउटा आकर्षण, सँधै हाँसीरहने हाम्रो गौरीशंकर

घुम्न जाने हैना ?

हाम्रौ जिरी त हो नी एक पटक त जानै पर्छ ;

नमस्कार ..........

दोलखा चरिकोट बाट प्रसारण हुँदै आएको हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्जको स्टुडियो मा

विहान उठ्ने वित्तिकै हिमाल देख्न पाईयोस !

नेपालमा बिदेशी अातंकवादी हमलाकाे सन्त्रास : विमानस्थलमा छाडिए हतियार सहित नेपाली सेना

विश्वका कतिपय शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि नेपाल प्रवेश गर्ने मुख्य नाकामा नेपाली सेनाको ‘एन्टो टेरोरिस्ट युनिट’ ले निगरानी थालेको छ । नेपाली सेनाले आतंककारीले विमान अपहरण गरिहालेमा कसरी यात्रुलाई सुरक्षित अवतरण गराउन सकिन्छ भन्नेमा समेत विमानस्थल परिसरमा सैन्य अभ्यास गर्न लागेको स्रोतले बताएको छ ।

टर्कीको इस्तानबुल विमानस्थल र पछिल्लोपटक बगंलादेशमा भएको आतंकवादी संजाल आईएसको आक्रमणपछि नेपाल प्रवेश गर्ने एकमात्र हवाईमार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो । त्यसका लागि सेनाले नेपाल प्रहरीको विशेष व्यूरोको सहयोग लिएको छ ।
त्रिभुवन विमानस्थलको बाहिरी भाग को सुरक्षा गर्दै आएको सेनाले कतिपय ठूला मुलुकमा आतंकवादीले विमानस्थललाई निसान बनाउन थालेपछि विमानस्थलको भित्री सुरक्षा चासो राखेको हो । छिमेकी मुलुक भारत र अमेरिकाले समेत त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएपछि गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको समन्वयमा नेपाली सेनाको युनटिले विमानस्थल र स्थलमार्ग हुँदै भारबाट नेपाल प्रवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो ।

साँस्कृतिक पर्व रोपाई जात्र सम्पन्न


चन्द्र खड्का /  जिरी सन्देश
ठोसे, २० भाद्र । पुरानो संस्कृति बोकेको रोपाई जात्र भब्यताको साथ सम्पन्न भएको छ । रामेछापको ठोसे मा बसोबास गर्ने स्थानि नेवारी समुदायले भाद्र १९ गते कृष्ण अष्टमिको दिन पुरानो संस्कृतिलाई जोगाउने गरि भगवान कृष्णको जन्म दिंदै यो पर्व मनाउने गर्दछन् । 

पुरानो कलाले भरिएको यो पर्वमा नेवारी समुदायका स्थानिय युवाहरुले विभिन्न नेवारी कला देखाएका थिए । भुकम्पाबाट त्रसित बनेका आम नागरिकलाई नेवारी कलाकारहरुले विभिन्न झाँकि सहित नागरिकहरुमा भुकम्पाको भय हटाउन  बेजोड कला प्रर्दशन गरि हंसाएका थिए । यो पर्वमा समाजमा हुने विभिन्न नकारत्मक क्रियाकलाप माथी चोटिलो ब्याङ्ग्य प्रहार गर्ने गरिन्छ । मेला हेर्ना को लागि दोलखा र  रामेछापका गाउँ गाउँ बाट आएका रमितेहरुले ठोसे पुरै भरिएको थियो । दिनमा रोपाई जात्र देखाउने र रातमा महाकाली नाच देखाउने गरिन्छ । रोपाई जात्र मा चोटिलो ब्याङ्ग्य प्रहारगरि दर्शकलाई हंसाईन्छ भने महाकालीमा विभिन्न भगवानको नाच देखाउनुको साथै मध्य रातमा भगवान कृष्णलाई जन्माइने पराम्परा छ । स्मरण रहोस साँच्चिकै भगवान कृष्णको जन्म दिने होईन, एउटा कला मात्र हो । यो नाचलाई अत्यन्त महत्वपुर्णको साथ हेर्ने गरिन्छ । दिनमा भन्द रातको मेला भर्ने रमितेले ठोसेलाई निकै ठुलो भिडभाड बनाउने थियो ।
विनाशकारी भूकम्प पछि रामेछापको ठोसे पुरानो बजार

बैशाख १२, १३ र २९ गते को विनासकारी भुकम्पाले ठोसेबजारलाई तहसनहस बनाए पछि मेला देखाईन्छ वा देखईन्न भन्ने दोघारमा रहेका स्थानीयहरुलाई ठोसेका नेवार समुदायले यस्तो विपतको घडिमा पनि पुरानो संस्कृति छाड्ना नहुने भन्दै मेला देखाएका हुन् । ठोसे बजारमा विनासकारी भुकम्पाले मानविय क्षति नभए पनि ठुलोरुपमा भौतिक क्षति पु¥याएको थियो । यहाँका केहि घरहरु मात्र वस्न मेल्ने छन् भने अरु सबै घरहरु पुर्णरुपमा क्षति पुगेको छ । ठोसे बजार पुरानो ईतिहाँस बोकेको बजार हो । जहाँ राणकालमा फलाम खानी सञ्चालनमा थियो । यसै फलाम खानीले कहलिएको ठोसे बजार को भौतिक संरचना अहिले पुन निमार्णको पखाईमा छ । 

१६ वर्ष पछि विस्तापित गाई फार्म पुन सञ्चलनमा ल्याईने


चन्द्र खड्का, जिरी सन्देश 
२० भाद्र, जिरी । विस्तापित भएको गाई फार्म १६ वर्ष पछि पुन सञ्चालनमा ल्याईने भएको छ । २०५६ सालमा तत्कालिन नेकपा माओवादिको एक समुहले विस्तापित गराएको गाई फर्म १६ वर्ष पछि सञ्चलनमा ल्याउन लागेको हो । पशु विकास फार्म जिरी को मातहतमा सञ्चलनमा रहेको चुचुरेको लहरे गाई फार्म २०५६ सालमा तत्कालिन नेकपा माओवादिका कार्यकर्ताहरुले विस्तापित गराईदिएका थिए ।

विस्तापित भए सँगै लहरेमा रहेको सरकारी खर्का र लहरे गाई फार्म ले भोचलन गर्दै आएको श्यामा गाविसमा र जिरी नगरपालिका वडा नं. १ मा रहेको सरकारी खर्क अलपत्र अवस्थामा रहेको थियो । तर केहि वर्ष पछि अलपत्र सरकारी जग्गा अतिक्रमण गरि स्थानियहरुले ब्यतिगत प्रयोजनको लागि होडबाजीमा नै भौतिक संरचना तयार गरेका छन् । लहरेको सरकारी जग्गामा मात्र झण्डै ३० घरको हारहारी मा भवन निमार्ण भईसकेको छ भने अझ भवन निमार्णको लागि घडेरी खार्ने काम तिब्र बनि रहेको छ । यता जिरी नगरपालिका वडा नं. १ मा रहेको जग्गामा पनि वर्षौँ पहिले देखि नै ब्यक्तिगत प्रयोजनको लागि भौतिक संरचना तयार गरी अतिक्रमण गरीएको छ । सरकारी खर्क राष्टिएकरण ऐन  २०३१ मा उल्लेख भए अनुसार सरकारी खर्कहरु स्थानियले घाँस उत्पादन गरि चरिचरण गर्न पाउने छन् भने ब्यतिmगत प्रयोजनको लागि कुनै पनि भौतिक संरचना निमार्ण गर्न पाईने छ । यी सरकारी खर्कहरु स्थानीय निकाएको मातहतमा हुने र यदि कसैले ब्यतिगत संरचना तयार गरे स्थानिय निकायले नियन्त्रण गर्नु पर्ने हुन्छ । अहिले चुचुरेको सरकारी खर्कमा बनेको भवनहरुको भाडा जटाश्वरी उच्च माध्यामिक विद्यालयले उठाउँदै आएको छ । सरकारी खर्क राष्ट्रियकरण ऐन २०३१ अनुसार यो गलत भएको पशुविकास फर्म जिरीका फर्म प्रवन्धक सुधिर सिङको भनाई छ । यस्तो गलत कार्यरोक्न स्थानिय निकाएले चासो नदेखाएको सिङको आरोप छ । लहरे गाई फर्म अन्र्तगत १२५ हेक्टर सरकारी जग्गाहरु हाल अलपत्र अवस्थामा छाडिएको छ । अहिले यस्ता जग्गाहरमा स्थानियले अतिक्रमण गरी भौतिक संरचना तयार गर्ने गरिएको छ ।

आर्थिक वर्ष २०७२/ ०७३ मा नै फर्म सञ्चालनको लागि लहरेमा भौतिक संरचना तयार गरिने र अर्को वर्ष बाट पशु विकास फर्म जिरी को शाखा फर्मको रुपमा सञ्चालन हुने पशु विकास फार्म जिरीका फर्म प्रवन्धक सुधिर सिङले बताउनु भयो । सुरुमा ३०/४० वटा गाई लगेर सुरु गरि विस्तारै गाईको सँख्या वढाएर फर्म विस्तार गर्ने प्रबन्धक सिङले जानकारी  दिनुभयो ।

रामेछाप जिल्लाकै पहिलो विद्यालयमा ५ करोडको क्षति, अस्थाई शिकाई केन्द्र प्रयाप्त नहुँद शिक्षण मा समस्या

चन्द्र खड्का /  जिरी सन्देश
ठोसे, २० भाद्र । गएको बैशाख १२, १३ र २९ गतेको विनासकारी भुकम्पाले रामेछाप जिल्लाकै पहिलो र पुरानो शारद उच्च माध्यामिक विद्यालय ठोसेको ९५ प्रतिशत भन्द बढि भौतिक क्षेति पुगे पछि पठान पाठन मा समेत समस्या देखिएको छ । विद्यालयलाई पुर्ण क्षेतीको प्रमाण पत्र दिए पनि अस्थाई शिक्षण केन्द्र निर्माणको लागि जिल्ला शिक्षा कार्यलय राममेछापले ३ लाख रुपैयाँ वितरण गरेको थियो । उक्त रकम अस्थाई शिक्षण केन्द्र निमार्ण गर्न प्रयाप्त नभए पछि २ वटा ट्रेनको समेत प्रयोग गरि विद्यालयले कक्षा सञ्चालन गर्दै आएको छ । 


२ तले ६ कोठे पक्कि एउटा भवन बाहेक अन्य सबै भवनहरु प्रयोग गर्र्न नमिल्ने गरि भत्किएको थियो । जसमा १२ कोठे २ तले ढुङ्गाले छाएको एउटा कच्चि भवन, जस्ताको छानो भएको २ तले ३ कोठे भवन, ६ कोठे पक्कि विज्ञान प्रयोग शाला भवन, २ तले ४ कोठे पक्कि भवन, ५ वटा भुकम्पा ब्लकको १० वटा कक्षा कोठा, ढुङ्गाको छानो भएको ५ कोठे अतिथि भवन, जस्ताको छानो भएको २ तले १० कोठे छात्रावास भवन प्रयोग गर्न नमिल्ने गरि क्षति पुगेको थियो । विज्ञान प्रयोगशालाको भवन रामेछाप क्षेत्र नंं. १ अन्र्तग विद्यालयहरुको विज्ञान प्रयोगशाला भवन हो । विज्ञान प्रयोगशालाको सामाग्रीहरु मा समेत क्षेति पुगेको छ । १५ वटा शैचालय पनि प्रयोग गर्न नमिल्ने भए पछि विद्यार्थिहरुलाई सौच गर्न समस्या परेको छ । पहिला ६ वटा धारा प्रयोग गर्दै आएका विद्यार्थिहरु अहिले एउटा धारा अस्थाईरुपमा सञ्चालनमा हुँदा पानी पिउनको लागि पालो कुर्नु पर्ने समस्या भएको विद्यार्थीहरुको गुणाशो छ । २६ थान कम्प्यूटर फुटेर काम नलाग्ने भएको छ भने १० लाख बराबरको पुस्तकहरु परिँद पुस्तकलय पनि बन्द छ । विनाशकारी भुकम्पाले शारद उमाविमा मात्र ४८ वटा कोठा पुर्ण रुपमा क्षेत्री तथा विभिन्न सामाग्रीहरु गरेर झण्डै ५ करोड भन्द माथीको क्षति पुगेको विद्यालयको प्राचार्य भगवान कार्कीले जानकरी दिनु भयो । विशेष गरि रामेछाप जिल्लाको ५ वटा गाविसको ठोसे, चुचुरे, गुम्देल, बाम्ति र कुम्भुकाँस्तलीका विद्यालयहरु मा सबै भन्द बढि क्षेति पुगेको छ ।
जल्ला कै पुरानो र उत्कृष्ठ छवि बनाएको यस विद्यालयले २००९ साल बैशाख १० गते बाट औपचारिकरुपमा पठानपाठन सुरु गरेको थियो । २०१३ साल मा  निमावि हुँदै २०२१ साल बाट मावि तह सम्मको कक्षा सञ्चालन गर्दै आएको थियो । २०६२ सालमा उच्च माविको स्वीकृत पाएको यस विद्यालयले २०६५ साल बाट स्नातक तह सम्मको कक्षा सञ्चालन गर्दै आएको छ । हाल विद्यालय तहमा मात्र ६०० भन्द बढि विद्यार्थिहरु अध्यान गर्दै आएका छन् । 

तिमी बिना बाँच्नै नसक्ने भएछु (गजल)

तिम्रो सम्झनामा मेरो आँसु पिउँदा(पिउँदै पिउन नसक्ने भएछु
जिउँदा(जिउँदै तिम्रो नाममा जिन्दगी, म जिउन नसक्ने भएछु

स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा(गर्दै
म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु

बज्र कुमार राई
मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा(खेल्दै
म आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु

बन्द भए भट्टीपसल, साथीहरुले छोडी गएछन्
बाटो तिर्मिर्याएर पाईलामा, गन्तव्यमा म पुग्नै नसक्ने भएछु

रात निस्पट अध्यारो भएपछि, शहर मस्त निदाएछ
म हिँड्दै गरेको गल्लीमा बर्बराउँदै, सुतनै नसक्ने भएछु

त्यहि रातमा भेट्नेहरुले मरेको ठानेर, तर्सदै हिंडेपछि
भूत लखेट्ने कुकुरबाट, म टोक्नै नसक्ने भएछु

भोलिको पहिलो झिसमिसेमा, कक्रिएर ब्युँझेपछि
लाज शरमको पोको लुकाई, म भाग्नै नसक्ने भएछु

कसले बुझ्छ मेरो कथा, थर न ठेगाना भएपछि
त्यै भट्टीमा भोलिबाट, म एक्लै मात्र नबिक्ने भएछु

बिहानी भो, दिन आयो, दिन गयो फेरी रात आएछ
त्यही रातमा फेरी म तिमीबिना बाँच्नै नसक्ने भएछु

जनसहायोगी साकोस मालीको काठमाण्डौँ सदस्य भेला सम्पन्न

चैत्र २२, दोलखा 
         माली बासीको एकताको प्रतिक आर्थिक विकासको धरोहर जनसहयोगी बचत तथा ऋण सहकारी संस्था लि.माली को तेश्रो काठमाण्डौँ भेला शनिबार ( २२ चैत्र )  सम्पन्न भएको छ । 

      सँस्थाको अध्यक्ष भक्त के.सी. को सभापतित्वमा सम्पन्न भेलाकोे समाजसेवी टहलबहादुर खड्काले उद्घाटन गर्नु भएको थियो । सम्पन्न भेलाले कृषी उत्पादनमा जोड दिदै मासु जन्यपदार्थ उत्पादनका लागि व्यवायीक पशुपालन तर्फ विशेष लगानी गर्ने शैक्षिक कर्जाको व्यवस्थाका साथै गरीबी न्यूनीकरणका लागि  महिलाश्रमलाई उत्पादन मुखी बनाउँने निर्णय गरेको छ । सँस्थाले प्रत्येक वर्ष विभिन्न पेशा तथा ब्यवासाय सञ्चालन गर्दै काठमाण्डौँमा बसोबास गर्ने सदस्यहरुको भेला गर्दै आएको छ ।

      भेलामा महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लि.सहरेका अध्यक्ष बालकुमारी फँुयाँल, जिरी खिम्ति साकोस जिरीका सचिव हरिराम कार्की, छत्रबहादुर खड्का, राष्ट्रिय कलाकार कल्याण राई, रोहित कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रसव वेदनाले छट्पटिएकी महिलाले रुँदै भनिन्–‘के हामीले पेटभित्रै बच्चा मार्ने ? ( भिडियोसहित )

काठमाडौं, माघ ४ - एक सातादेखि राजधानीको शिक्षण अस्पतालमा अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य स्थित बिग्रंदै गर्दा सिँगो अस्पतालको अवस्था पनि दयनीय बनेको छ ।


नयाँ डीन नियुक्तिको प्रक्रियाप्रति असहमति जनाउँदै अनसन बसेका डा। केसीको मागको सुनुवाई नभएपछि अहिले देशकै ठूलो मध्येको एक शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि पुगेका सयौं बिरामीहरु पनि मारमा परेका छन् । एक रिपोर्ट ( भिडियो हेर्नुहोस् )

       

       

       

       





कांग्रेसमा संसदीय दलको नेता छान्न निर्वाचन समिति गठन

काठमाडौं ४ माघ–
 नेपाली कांग्रेसले संसदीय दलको नेता समिति गठन गरेको छ । प्रमुख नेताहरुबीच विवाद भएपछि आज बसेको केन्द्रीय समितिको बैठकले संसदीय दलको नेता चयन गर्न समिति बनाएको हो । बैठकले ससदीय दलको नेता चयनका लागि प्रवक्ता दिलेन्द्र बडुको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको नेता प्रकाशरण महतले जानकारी दिए ।

समितिमा केन्द्रीय सदस्य रमेश रिजाल र रामचन्द्र तिवारीलाई सदस्यका रुपमा राखिएको छ।  समितिले गर्ने सिफारिसका आधारमा फेरि केन्द्रीय समितिले निर्णय गर्नेछ । कांग्रेसमा संसदीय दलको नेता प्रधानमन्त्री हुने नीति छ ।

प्रधानमन्त्रीका आकंक्षी सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलवीच सहमति नभए निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि संसदीय दलको निर्वाचन गराउने छ । 

नेपाली युवालाई मृत्युदण्डको फैसला

काठमाडौँ, ३० पुस ।
 सङ्खुवासभाका २३ वर्षीय युवा अनिस खालिङ्ग राईलाई युएईको दुवईस्थित माथिल्लो अदालतले तल्लो अदालतको मृत्युदण्डको फैसलालाई सदर गरेपछि उनका परिवारजन पीडाले छटपटिएका छन् ।

      दुवईको आबुधावीमा घरेलु कामदारका रुपमा काम गरिरहेका राईलाई पाकिस्तानी नागरिक बङ्गाल खानको हत्या गरेको आरोपमा यसअघि त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला गरेका थिए ।
सो जिल्लाको मत्स्यपोखरी गाविस–३ निवासी राईको मृत्युदण्ड हुने भएपछि उनको आयबाट आश्रित ७५ वर्षीय बुबा भीमप्रसाद, ५७ वर्षीया आमा डिकमाया, श्रीमती रविता र नाबालक छोरी रितु न्यायको खोजीमा काठमाडौँ आएका हुन् ।

         नारदकुमार राईले युवक राईको जीवनरक्षाका लागि सञ्चारमाध्यम, राज्य तथा मानवअधिकारकर्मीले पहल गरिदिन आग्रह गर्नुभयो ।  सभासद् तारामान गुरुङले राईको जीवनरक्षाका लागि आफूले आफ्नो पार्टीमा आवाज उठाउने वचन दिँदै उसलाई सकुशल नेपाल फर्काउन सबै लाग्नुपर्ने बताउनुभयो ।
       अर्का सभासद् दीपक खड्काले निर्दोष राईलाई त्यहाँको अदालतले फसाएको दाबी गर्दै नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने र परराष्ट्र मन्त्रालयमार्फत पहल गर्नुपर्ने बताउनुभयो । 

बौद्धभुवानेश्वरी मावि मालीले आगमी शैक्षिक सत्र बाटै उच्च मावि तहको कक्षा सञ्चालन गर्ने

चन्द्र खड्का , 
दोलखा पौष २९ – दोखलाको माली गाविस स्थित बौद्धभुवानेश्वरी माध्यामिक विद्यालयमा यहि शैक्षिक सत्र २०७१/०७२ बाट उच्च माध्यामिक तहको कक्षा सञ्चानलन हुने भएको छ । 

   
    विद्यालयको ५१ औँ बार्षिक उत्सब एंव अभिभावक भेलामा सोमबार विद्यालयको प्रधानध्यापक आङबाबा शेर्पाले उच्च माध्यामिक तहको कक्षा सञ्चानल गर्न सम्पुर्ण तयारी पुरा भएको र आगमी शैक्षिक सत्र बाटै कक्षा सञ्चान गरिने बताएका छन् । माली गाविसमा हाल सम्म उच्च माध्यामिक विद्यालय नभएकोले माली गाविसका विद्याथीहरु उच्च माध्यामिक तहको शिक्षाका लागी श्यामा गाविसको गर्जङ ढुङगा उच्च मावि , जिरीको जिरी उच्च मावि , रामेछापको ठोसेको शरद उच्च मावि लगायतका विद्यालयका जान बाध्य छन् । बौद्धभुवनेश्वरी मावि मा उच्च माध्यामिक तहका कक्षा सञ्चालन हुने भए पछि मालीका विद्याथीहरु लाभाम्वित हुने छन् भने श्यमा गविस र जिरी गाविसका विद्याथीहरुलाई समेत उमावि शिक्षाको लागी सहज हुने छ । सभामा विद्यालयका प्रधानध्यापक शेर्पाले ७१ लाख ४८ हजार बराबरको आयव्यार प्रस्तुत गर्नु भएको थियो ।

       कार्यक्रमको उत्घाटन प्रमुख अतिथि त्रिभुवान विश्व विद्यालयका शैक्षिक योजना प्रमुख डा. प्रदिप चन्द्र गौतमले उदघाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गौतमले विभिन्न विद्याका शैक्षिक पुरस्कारहरु वितरण गर्नु हुँदै शैक्षिक सुधारका लागि शिक्षण पेशालाई राजनीतिबाटा राख्नु पर्ने बताएका थिए ।

        विद्यालय व्यवस्थापन समितिका अध्याक्ष मिङबा शेर्पाको अध्यक्ष मा सम्पन्न कार्यक्रममा जिरी उच्च मा.वि.का श्रोतव्यक्ति हरिराम खड्का, प्रचार्य केशवकुमार काकीर्, गर्जाङढुगा उच्च मा.विका प्रर्चाय दोरणबहादरु कार्की, नेपाली काँग्रेस माली गाउँ कमिटिका सभापति भोलाराम चापागाइर्, एकिकृत ने.क.पा.माओबादी मालीका अध्यक्ष शम्भुप्रसाद दहाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आजै सम्पन्न भेलाले पेमादोर्जी शेर्पाको अध्यक्ष्यतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।


युद्दभित्रको प्रेम ( प्रेम कथा )

धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । यस्तै भयो होला ९ वर्ष जति।अन्तिम पटक मैले उनलाई डाँडा गाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएं ।त्यसपछि बेपत्ता भएकी उनि अहिले उहि डाँडा गाउँनै जाने त्यहि आर्मी पोस्टमै भेटिएकी थिईन् ।

बिना तामाङ ( कथाकार ) 


झन राम्री पो देखें साथमा लगभग ७ वर्ष जतिको चन्ञ्चले छोरो पनि थियो । त्यो देख्दा मन एकतमासको हुनपुगेको थियो ।कता कता खल्लो मशसुस गर्दै थिएं । उनलाई भेट्न पाउँदा भने खुसीले भुईँमा खुट्टा थिएन ।                                                 यतिका वर्ष पछि उ भेट्दा पनि उस्तै रुप , रङ्ग ,हिडाँई, देखेर म अचम्ममै पो भएं त। गोरी, अग्ली ,लामो कालो कपाल ,निलो निलो आँखा सबै उस्तै ,फरक् थियो त मात्रै उनको शरीर अलिक फैलिएछ भन्नाको मतलब अलिक मोटी भैइछिन् । झन् झन् सुन्दर देखें ।


रोहिनी कहिले आयौ मैले कुराकानी शुरुवात गर्ने मनसायले सोधें । उनि झस्याङ्ग भैइन् किन भने म एक्कास्सी उनको नजिक पुगेर यो प्रश्न गर्न पुगेको थिएं ।

उनले मलाई यादै गरेकी थिईन क्या रे । मैले भने उनलाई अघि त्यो उकालोमा छोरा डोर्याउँदै आउँदा देखेको थिएं ।
आम्मै राजु तिमी तिमी त यहि पोस्टमा पो छौ उनि आश्चर्यचकित भैइन मलाई त्याहाँ देखेर ।
हो नि म नगरकोट ब्यारेकबाट २ महिना भयो यहाँ पोस्टिङ्ग भएको । अनि तिमी चै कहिले आयौ नेपाल म नि दङ्ग पर्दै थिएं रोहिनिलाई वर्षौ पछि भेट्दा । 
काठमाण्डौं आएको त भयो १ महिना जति । म तल शहरतिर नै बस्छु । आमाकोमा चै आज जानलाई हिडेको । उनि त्यो ठाडो उकालो करिब १ घण्टामा उक्लिन् होला भन्ने मैले अनुमान लगाए । अलि थकित अनुहार देखें ।
तुरुन्तै ए श्याम लौ ३ वटा मेच लेरा त भनिहाले।

हस् सर भन्दै श्यामले मेच भित्र अफिसबाट झिकेर ल्याईहाल्यो ।

 बसन रोहिनी ,निकै थकित देख्छु तिमीलाई ।सायद शरीरले अब साथ दिएन जस्तो छ।पहिले पहिले त पातली थियौ र पो मृगको पाठा जसरी उफ्रदै हिड्थ्यौ ।

हाँसोको फोहरा फुट्यो त्याहाँ ।कति वर्ष सुन्दै थिए हाँसोका गुञ्जन। म पनि उनलाई साथ दिन संग संगै हाँस्न थालें ।
उनले  हो नि राजु अब चाँहि यो ज्यानले पनि आराम गर भने जस्तै छ । हेर न यति १ घण्टाको उकालोले पनि मलाई थकित तुल्यायो । झन् यो छोरो त पाईलै पिच्छे बसौ भन्दै थियो । भनिन् । 

छोराको बाबुको हालखबर जान्ने मनसायले सोधिहाले  अनि छोरोको बाबु खै त

उहाँ त यहाँ हुन्हुन्न ।उतै ईण्डियामै हुन्हुन्छ । हामी काठमाण्डौं आएको धेरै भएको छैन । म र छोरा मात्रै फुपु संग आएको । सायद रोहिनीले अलिक खल्लो महशुस गरिन् ।

अनि तिमी एक्लै पो अहिले गाउँतिर हिडेको, मैले कुरा मोड्ने बिचारले सोधें ।

हो त म यहाँबाट भागेर गए पछि यसपाली नै हो नेपाल फर्किएको । आमालाई भेट्ने औधि मन लागेकोले आएको आज  भन्दै थिइन् ।

ए राम्रो नि त्यो त आफ्नोजन्म दिने आमालाई बिर्सनु पनि हुन्न ।ू मैले उनको कुरालाई पश्रय दिनलाई भनें

त्यो त हो तर म नेपालमा धेरै बस्दिन ।केहि महिनामा नै फर्किन्छु होला । उनि निरशताको साथ भन्दै थिइन् ।

किन र म अत्यासिएं ।

नेपाल बस्न मन् छैनरुूसायद म उनिसंगको फेरी हुने बिछोडको कल्पनाले डराउँदै थिएं । उनि दुखित देखिन्थिन् ।
 खै के बस्नुरु सधैको बन्द,हड्ताल ,भ्रष्टचार । सर्बत्र स्वार्थ व्याप्त देख्छु । केहि परिवर्तन हुन्छ भन्ठानियो त्यो बेलामा संघ्रर्षको मैदानमा उत्रदाँ । खै के पायौँ रु जसरी नि यो जीवन बाँच्नै पर्ने ।आदर्शका कुराले पेट नभरिने । उतै आम्दानी राम्रो छ । फर्किन्छु म त उतै । भन्दै थिईन् ।

ओहो  मैले उनको मनोभाव बुझें । सायद उनि उहि बितेका द्द्वन्दकालको आफ्नो अतितमा घोत्लिदैँ थिइन्।

मैले कुरा मोड्ने प्रयासमा अनि कारोबार चाँहि के छ त्याहाँ भनि सोधें ।

उनि अब केहि उत्सुक भैइन् कुराकानी अगाडी बढाउन अनि हाम्रो काश्मिरमा स्याउको बगैँचा छ । उहि बगैँचामा हातखुट्टा खियायो ,बस्यो । आम्दानी राम्रै हुन्छ । खान लाउन पुगि केहि बचत पनि गरेका छौ । भनिन् ।

यसो भनिराख्दा उनमा मैले सन्तुष्टिका भावहरु प्रष्टैसंग पढें । जे होस कुनै समय मेरो दिलमा सजिएकी मेरो रानी आज अर्कैको हुदां पनि खुसी थिइन् ।यसैमा म पनि खुसी थिएं।

तर यो मनोदशालाई उनको अगाडी देखाउन भने मन लागेन त्यसैले मौन बसें ।
कुराकानी गर्न त उनि पनि आतुर थिईन् सायद ूतिम्रो बिहे भयो कि भएन भन्दै मलाई सोधिन् ।

मलाई अलिक असजिलो लाग्यो तै पनि उत्तर दिन करै लाग्यो र भनें  भयो नि के गर्ने तिमी टाढा भयौ त  सानी छोरी पनि छे २ वर्षको ।

झट्ट यति भन्ने बित्तिकै उनको मुखकृति हेरें कता कता नमिठो अनुभव गरेझै लाग्यो । सायद उनि पनि ति बितेका पलहरुको तरेलीमा तैरिन लगिन क्या रे जुन दिनहरुमा हामी एउटै स्कुलमा एउटै कक्षामा अध्ययन् गर्थ्यौ ।

हामीले कक्षा ९ सम्म संगै पढन पाएका थियौ । सधै झगडा गर्थ्यौ तर त्यो झगडा भित्र पनि हाम्रो माया झल्कन्थ्यो ,आत्मियता अनुभव गर्र्थ्यौ । कुनै दिन भेट नहुदाँ र रिसारिस् नगर्दा दैनिकिमा कतै अपुरो महशुस गर्थ्यौ । उनिसंग झगडा गर्न निकै मज्जा आउँथ्यो । म उनको कपाल पछाडीको बेन्चमा बसेर बेस्सरी तानिदिन्थें अनि उनि पछाडी फर्केर मेरो हातमा हान्थी । म त्यो स्पर्शले रोमाञ्चित हुन्थें ।अनि कानमा खुसुक्क  म तिमीलाई माया गर्छु भनिदिन्थें उनि रिसले नाक फुलाउँदै ठुलाठुला आखाँको हेराई म तिर फाल्थी । म त्यहि हेराईमा आत्मसन्तुष्टी पाउँथें ।

संगैको दौतरी भएकोले होला हामी एक अर्कालाई तँ भनेर सम्बोधन गर्थ्यौ । तँ यो सम्बोधनमा अरु भन्दा नजिकपनाको आभास हुन्थ्यो । किन किन सामिप्यताको अनुभुती गर्न पुग्थें । मेलापात होस वा गोठाला जादाँ होस हामी प्राय संगै हुन्थ्यौ र म त्यहाँ पनि उसैगरि उनलाई जिस्काएर धुरुक्क्कै पार्थें ।उनि मलाई कुट्न भनि कहिले मकैको ढोड त कहिले बनमाराको सिर्कना लिएर लखेट्थी तर म केटा मान्छे के भेटाउँथी बिचरा उनि थकित हुन्थी । मलाई उनकि त्यो पसिनाले ल्याफ्र्याक्क भिजेको अनुहार देखेर असिम माया पलाउथ्यो अनि भेटोस भन्दै बिस्तारै दौडिन्थें । भेटेपछि मेरो खुट्टामा दुख्छ कि भने जसरी मायाले बिस्तारै हान्थी । उनि पुर्णरुपमा सन्तुष्टि हुन्थिन् ।सायद यहिँनेर हाम्रो माया अकुंराईसकेको थियो । हाम्रो प्रतिवाद र रिसहरुमा प्रेमले अझ प्रगाढ हुने मौका पाउदैँथियो ।

मेरो व्यक्त प्रेम अनि उनको अव्यक्त प्रेम यहि नै हाम्रो द्द्वन्द चल्थ्यो । म उनिसंगको काल्पनिक दुनियाँमा सयर गर्थें । उनको स्निग्ध मुहारमा आफ्नो प्रतिछायाँ भेट्थें । उनि बिनाको संसारको म कल्पना नि गर्न नस्कने अवस्थामा थिएं । हाम्रो यो सम्बन्ध खुला किताब जस्तै थियो । घर, परिवार, टोल,छरछिमेक सबैलाई हाम्रो प्रेम सम्बन्धको बारेमा थाहा थियो । सबैको स्वीकारोक्तीले झनै हाम्रो माया कसिलो बनेको थियो सजिलै कसैले पनि चुडाउन नसक्ने। हामी ढुक्क थियौं । कतै कुनै अवरोध थिएन हाम्रो प्रेममा । बाटो खुला थियो जहाँ हामी जसरी चाहन्थ्यौ त्यसरीनै हिड्न सक्थ्यौ ।

तर यो विधातालाई स्वीकार थिएन सायद वा कसैको नजर लाग्यो हाम्रो प्रेममा जीवनको एउटा भुलले हामी बिच फाटो ल्याईदियो ,हाम्रो सुखी संसारमाथि एसिड छरिदियो ।जसको पोलाईले हामी असह्य हुन पुग्यौ ।

कुरो त्यस्तै ५३ साल तिरको हो । त्यतिबेला माओवादीहरुको भुमिगत युद्दको संग्राम चलिरहेको थियो ।उनिहरु आ-आफ्नो दस्तावेज बढाउन गाउँ गाउँ जनबिद्रोहको ज्वाला सहित भित्रभित्रै सल्कदैथियो थियो । स्कुल स्कुलमा गएर बिद्दार्थी संगठन बिस्तार गर्दैथिए । हाम्रो स्कुलमा पनि आए तिनीहरु । क्रान्तीकारी बिद्दार्थीको नाउँमा कसो गरि रोहिनीको नाम पनि राखिदिएछन् । थाहै नभएको बाटोमा रोहिनीको यात्रा शुरुहुदैँ थियो । मैले उनलाई नसम्झाएको हैन त्यसरी नाम नलेखाउ भनेर । तर कहि उनलाई कस्तो भुत सवार थियो मैले भनेको मानिन।
केहि दिनपछि नै सुराकी लागिहाल्यो । पुलिसले रोहिनीलाई समात्न आफ्नो दस्तावेज सहित घर घेर्न पुगिहाल्यो । कसो कसो गरि बुबाले पछाडीको झ्यालबाट हाम्फाल्न लगाउनुभएछ र बेपत्ता भैइन ।

भागेर उनि साँहिली फुपुको घरमा पुगिछिन् । त्याहाँ पनि पुगेछन् पुलिसहरु । भागाभागको खेल पछि उनि लडाकु साथीहरुको सम्पर्कमा पुगिछिन् । अन्जानमै उनि अब माओबादीको सकृय युवा कार्यकर्ता बन्न पुगेकी थिइन् । त्यसैले उनको भुमिगत नाम पनिु अन्जनाु भनेर राखिदिएछन् । घर फर्किने वातावरण नै थिएन। फर्किउ समातेपछिको सजायले भयभित नफर्किउ भने उतै बेपत्ता हुने डरबिच उनि परेकी थिइन् । घरमा रातोदिन आर्मीको सर्च अनि खोजतलासीले उनमा झन झन् क्रान्तीको ज्वाला दन्किएको थियो ।

माओबादी के हो र के को लागि संघर्ष गर्दै थियो भन्नेबाट बेखबर उनले लगभग २ वर्ष सम्म सुराकीको काम गरिन् । आफ्नो शरीरभरि पर्चा,पम्प्लेट बेरेर गन्तव्यस्थलसम्म पुर्याउने जिम्मा बहन गर्थिन् । साँच्चै नै अन्जानमै उनले पार्टी प्रवेश गरेकी थिइन् ।
यता म गाउँमै बसेर पढदै थिएं । S.L.C. को परीक्षा चल्दै थियो ।रोहिनी पनि आएकी थिइन् परीक्षा दिन तर कसैको सुराकीले सुरक्षाकर्मीहरु आईपुगे ।हेडसरले त्यो दिन उदारतानै देखाउनु भएको थियो ।पछाडीको झ्यालबाट रोहिनी लगायत अन्य साथीहरुलाई पनि भगाउन सफल हुनुभएको थियो ।

उनको पढाईले निरन्तरता पाउन सकेन। म भने झिरमा उनिएको माछा झै हुदैं थिएं। जसो तसो क ।S.L.C. पास गरें । यति नै बेला दाजुको मृत्युको खबरले मेरो घरमा आगो लगाईदिएको थियो । सैनिक जवानमा कार्यरत मेरो दाजुको एम्बुसमा परि निधन भएको खबरले म लगायत घरका सबै स्तब्ध भएका थियौं । भाउजुको क्रन्दन ,नानीको रुवाईले म बहिरो बन्न पुगेको थिएं । म भित्र प्रतिसोधको ज्वाला रन्कदै थियो । किन किन माओबादी भनेपछि मारिहालु जस्तै पो लाग्न थाल्यो । सायद त्यो मेरो आफ्नैको मृत्युले सल्काएको झिल्को थियो जसले भयंकर आगलागि लगाउने सपना बुन्दै थियो ।

मैले अठोट लिए नेपाली सेनामा भर्ती भएर त्यो घाउहरुको बदला लिने । हुन त त्यतिखेर सेनामा हुनेहरु त परिवारको करकापमा परेर वा आफ्नो ज्यानको मायाले आफ्ना जागीर नै छोड्दै थिए । तर ममा एकोहोरो बदलाको भुत चढेको थियो । मैले कसैको कुरा सुनिन ।
यसपछि त हाम्रो अलिकति भएको न्यानो मायाको अनुभुतीहरु पनि चिसिदैं गयो । उनि भुमीगत योद्दा म नेपाली सेना आगो र पानीको मिलन असम्भावी भैदियो ।म मा सम्ंयता हराएको थियो ।

त्यसैबखत मेरो पोस्टिङ्ग सिंहदरबारभित्र भयो । उता रोहिनी ुअन्जनाु बन्दै थिईन् म यता राष्ट्रसेवकको भूमिकामा हामी दुई दुईइकिनारा हुनपुग्यौं । सायद यहि नै भाग्यबिधाताको खेल थियो ।

अर्को वर्ष बल्लबल्ल बिदा मिलाएर दशैँमा म घर हिडेको थिएं । मैले रोहिनीलाई भेट्ने सपना देख्न बन्द गरिसकेको थिएं । किन किन उनि माओवादी हुन भन्ने सत्य जब मेरो अगाडी आउँथ्यो तब रिस र घृणाको ज्वालामुखि फुट्दथ्यो । उति बिघ्न माया लाग्ने रोहिनीप्रति म अब कुनै वास्ता राख्दिन भनेर अठोट गरें । सदरमुकामसम्म मात्रै जान सकिने घरमा पुग्ने वातावरण थिएन।आमा, बालाई उतै बोलाएको थिएं ।

सदरमुकाम पुगेकै दिन मेरो लागि जीवनको सबै भन्दा कठोर र दर्दनायक दिन हुन पुग्यो ।१३,१४ जनाको नेपाली सेनाको दस्ता बन्दुकको नालमा महिलाको बस्त्र बेर्दै सदरमुकाम भरि ूआज ुअन्जनाु मरि ।ू भन्दै झ्याली पिट्दै हिड्दै रहेछ । मलाई एकछिन त सपना जस्तै लाग्यो तर त्यो यथार्थतामा त्यो बिपना थियो । म खङ्ग्रङ् भएं । दिउँसै रात पर्यो । उनिहरुले साँच्चै नै रोहिनीको झोला,कपडा,जुत्ता सबै बोकेर हिड्दै थिए ।यो खबरले ममा खुसी ल्याउनुपर्ने हो कि कुनै मेरो दाजुको हत्याराहरु मध्य एउटा त मरि तर भएन । झन् झन् मुटु दुख्न थाल्यो । केहि सोच्नै सकिन ।यति पिडा भयो कि मलाई सहनै गाह्रो भयो । टाउको भारी भयो ।उनको मृत्युको खबरले मर्माहत भएको थिएं ।पृथ्वी फनफन्ती घुमेझै लाग्न थाल्यो ।

एक्लै कोठाभित्र बसेर भक्कानिएर रोएं। उनको मृत्यु संगै म पनि पल पल मर्दै थिएं । संसार बिरानो लाग्न थाल्यो । बाँच्नुको कुनै तुक नै देखिन। सायद त्यो मेरो उनिप्रतिको अगाध माया थियो जुन त्यस दिन पोखिदैँथियो अश्रुको रुपमा अबिरल । दुई बिपरित ध्रुबको आकर्षण अझै बाँकि थियो क्या रे ममा उनको मृत्युले कुनै रङ लगाएको थिएन लगाएको थियो त बस बिषादका रङ्गहरु जुन न पखालिथ्यो न मेटिन्थ्यो ।

सायद त्यो हाम्रो निश्वार्थप्रेमको उपज थियो । कुनै दिनहरुमा उनको नाम पनि सुन्न चाहन्न्नथें । मैले भनेको नमान्न्ने घमण्डी झै लाग्थ्यो । तर त्यो त झुट र भ्रम पो रहेछ नत्र मलाई त्यस दिन त्यति धेरै पिडा हुन नपर्ने थियो । रोहिनीको यादले मलाई पलपल तडपाउँथ्यो ।म पल पल मरेर बाँच्दै थिएं।

मलाई अब जीवनप्रति मोह नै थिएन। दोहोरो भिडन्त हुदाँपनि जथाभावी फायरिङ गर्थे मरे नि मरोस भन्दै ज्यानै फाली दिन्थें तर मानो सकिएको थिएन क्यारे हरेक पटक बाँच्दथें।

लगभग ७ महिना पछि म डाँडा गाउँमा पोस्टिङग भएको थिएं । नुवाकोटबाट ईन्ट्री हुने र एक्जिट हुने यातायातका साधनहरुको सर्च गर्नुपर्ने थियो । त्यो दिन झिसमिसेमै चेकिङ्ग् शुरु गरियो । गाडी नुवाकोटबाट काठमाण्डौको लागि हिडेको थियो । चेकपोस्टमा आएर रोकियो ।सबैजनालाई बाहिर निस्कनको लागि भनियो।सबै ह्वारह्वार्ती निस्किए । म भित्र अरु कोहि बांकि छ कि भनेर पसें । पछाडीको सिटमा कोहि हल्लिए जस्तै लाग्यो । बस भित्र अध्याँरो अध्याँरो नै थियो । छाँया चलेजस्तै लाग्यो । केहि शंकास्पद घटनाको भयले शरीर झनन भयो ।तर फेरि साम्य देखें। अलिकति ढुक्क भएं ।

अनि कौतुहलताले बास जमाउन थाल्यो । के रहेछ भनेर जान्न मन लाग्यो । बिस्तारै अगाडी बढें।हेर्छु त कुनै महिला पछ्यौरीले शरीर पुरै ढाकेर गुजुल्टो परेर सुतिरहेको रहेछ। पछ्यौरी बिस्तारै उघारें। अज्ञात भयले मन उड्दै थियो । तर तर मैले सोचें भन्द बिल्कुलै फरक शैलीमा उनलाई त्यहां देख्दा मेरो हातहरु काँप्न पो थाल्यो । कपाल नकोरेर महिनौ भएजस्तै देखिन्थ्यो । कमजोरीले होला अनुहार सेतो रगतै नभएको झै देखिन्थ्यो ।उनि अरु कोहि हैन मेरै प्रिय रोहिनी थिइन् । म खुसील् गद्गद् भएको थिएं । मरिसकेकी मेरि मायालुलाई साक्षात आफ्नो अगाडी देख्दा एकैछिन त सपना हो कि भन्ने भ्रम पनि पर्यो । फेरि आफैलाई चिमोटी हेरें । दुख्यो हैन रहेछ बिपना नै रहेछ भन्ने यकिन भो ।तर उनि त्याहाँ त्यस्तो अवस्थामा देख्दा मन छटपटी भयो । के गरुँ कसो गरुँ भयो । उनले मलाई चिनिन् क्यारे एकहोरो हेरिरहिन् ।

तत्कालै भित्र कोहि छ बाँकी भन्ने प्रश्नले मेरो दिमागलाई खल्बलायो ।

छैन सर।ू एक्कास्सी मेरो मुखबाट यस्ता शब्दहरु निस्किएछन् ।प्रथम पटक म आफ्नो कर्तव्यबाट चुक्दै थिएं । मलाई थाहा थियो रोहिनीलाई उनिहरुले भेटे भने छाड्दैनन् । किन किन म अफ्नो प्रतिद्वन्दीलाई बचाउँदैथिएं ।

म रोहिनीको जीवन चाहन्थें मृत्यु हैन। त्यसैले झुट बोल्न मलाई किञ्चित अपठ्यारो लागेन । मैले उनको आँखामा गहिरेर हेरें । साह्रै सिकिस्त देखिन्थिन् । निकै दिन देखि अन्न पानी पेटमा नपरेको झै आभास गर्न पुगें । मनभित्रैबाट असिम माया पलाएर आयो ।
अंगालोमा बाँधेर क्वाक्वाँ रोईदिउ जस्तो लाग्दैथ्यो । तर विवस थिएं । मेरा हात खुट्टाहरु परिबन्दको सिक्रीले कसिएर बाँधिएका थिए ।म चाहेर पनि उनिप्रतिको त्यो माया ,स्नेहलाई पोख्न सक्दिनथिएं ।

सायद उनले मलाई चिनिन् क्यारे पुर्लुक्क मेरो आँखामा हेरिन् अनि क्षणभरमै शिर निहुराईन् । हामी बिच कुनै संम्बाद भएन मात्र आँखाको भाका बोल्दै थियो ।उनले मैले देखाएको त्यो सहानुभूतीको महशुस गरिन् कि कृपादृष्टीसहितको एक नजर मतिर फ्याँकिन् ।

म बसबाट भारी मन लिएर ओर्लिएँ ।एकछिन पछि बस त्याहाँबाट आफ्नो गन्तव्यतिर रफ्तारका साथ गतिमान भयो ।म अवाक उभिरहेँ । बस जति टाढा पुग्दैथियो मेरो मुटु पनि कसैले चुडालेर लगेझै भान भयो । दौडने मन भयो । मुटु कटकटी खान थाल्यो । तर म विवश थिएँ ।

भोलिपल्ट मैले आमा बिमारी पर्नुभएकोले काठमाण्डौं उपचारको लागि लैजानुपर्ने बहाना बनाई अफिसबाट बलजफ्ती बिदा लिएँ ।मलाई आशा थियो कि रोहिनी उनको कान्छी फूपुकोमा हुनुपर्छ। म सिधै फूपुको घरमा पुगेँ । नभन्दै रोहिनी त्यहि रहिछिन् । हर्षले बिभोर भएँ। मन फुरुङ्ग भयो।म निला निला गगन चुम्न उडदै थिएँ ।ओईलन लागेको बिरुवामा केहि थोपा पानीका छिटा परेको अनुभूती गरेँ।

उनि खाटमा पल्टिरहेकी थिइन्। मलाई देख्ने बितिक्कै मुसुक्क मुस्कुराईन । अनि ईसाराले नजिकै बस्न अनुरोध गरिन्। नजिकै बस्न पाउनुको बेग्लै आनन्द थियो । सिरानीलाई अलिक ठाडो पारेर उनि बसिन् ।

मनले त भन्दै थियो सिरानीमा हैन आफ्नै काखमा राखुँ तर कता कता डर लग्यो ।तत्कालै मनलाई थुम्थुम्याएँ।
अनि भने तिमीलाई फेरि भेट्छुहोला भन्ने त दशमनमा एकमनले पनि सोचेको थिइन। तिम्रो मृत्युको खबरले म आहत भएको थिएँ।ू
फिसिक्क हाँसिन मानौ कुनै रङ्ग थिएन उनमा,केवल त्यो ज्यानलाई जसोतसो अडाएकी थिइन् ।

भन्न थालिन् साँच्चै नै मलाई पनि लागेकै थिएन अब यो जुनीमा तिमीलाई फेरि भेट्छु भनेर तर दैबसंजोग हेरन हिजो तिमी त्यस ठाउँमा नहुदोँ हौ त म आज यहाँ हुन्नथिएँ । तिमीलाई मेरो लाखौंलाख धन्यवाद।ू

मलाई पोल्यो त्यो धन्यवादु ले । त्यो पोलाईलाई चिसो पार्नु किन त्यस्तो कुरा गर्छ्यौ त्यो मेरो तिमीप्रति आशक्ती थियो ।तिम्रो ठाउँमा अरु कोहि हुदोँ हो त म छाड्दिन थिएँ । तर तिमीमा खै के त्यस्तो जादु छ मेरो हातहरु रोकिएकोथियो । अनि तिम्रो मृत्युको झुटा खबर कसले फिजाँयो गाउँघरमा

म अब त्यो रहस्य खोतल्न आतुर थिएँ । लामो श्वास फेरिन रोहिनीले अनि भनिन् आफ्ना कथाव्यथा ।
केहि भावुक अनि केहि रोमाञ्चित हुदै भनिन् त्यो दिन म आमाको साह्रै न्यास्रो लागेर साथीहरुलाई पनि नभनी भागेर सदरमुकाम पुगेको थिएँ । मामाघरमा आमा आउँदैहुन्हुन्छ भन्नेसुनेको थिएँ ।

कसैले सुराकी गरिदिएछन् ।म त्याहाँ निहत्था पुगेकी थिएँ । म पुग्नु अगावै उनिहरु दलबल सहित तयारी अवस्थामा बसिसकेछन्। सदरमुकाममै भएकोले उनिहरुको बोलवाला थियो । हामी हम्मेसी त्याहाँ दिनमा जाँदैनथ्यौ । उनिहरुले मेरो फोटो लिएर सदरमुकामभरि सोध्दै हिडेछन्। म आउने खबर पाएपछि मलाई सिध्याउने रणनितिक चाल चलेछन् ।मामाघर नजिकै पुग्दा कता कता मलाई अनौठो दुश्मनी चालको गन्ध आयो ।मेरा आँखाहरु शसंकित हुदैथियो ।केहि अप्रीय घटनाको अनुमान गरेँ किनकि सदरमुकाममा अघिपछिको जस्तो चहलाफल थिएन । पसलहरु बन्द थिए ।मेरो मष्तिस्कमा झट्का लाग्यो यस्तो त कुनै युद्दको छेडखानी हुनु अघि हुने गर्थ्यो।

मेरो अनुमान सहि निस्क्यो ।मैले यति सोच्न नभ्याउँदै कतैबाट म भएतिर फायरिङ्ग् शुरु भयो । लडाकु साथीहरुसंग रहदाँ बस्दा सिकेको केहि युद्द् कौसललाई प्रयोग गरें ।बन्दुकका गोली छल्नु चानचुने कुरो थिएन ।कसो कसो म ती गोलीका बर्षात छल्दै छल्दै जङ्गल भएतिर पुग्न सफल भएँ ।

जंगलमा पुगेपछि मलाई दौडन असजिलो भएकोले झोलाबाट ट्र्याक झिकेर लगाएँ अनि साथमा गोल्डेन जुत्ता झिकेर लगाएँ ।चप्पल र कुर्था चाँहि त्यहि छोडेर भाग्नुपर्यो ।गोली कहिले मेरो कुम नजिकैबाट जान्थ्यो कहिले टाङ मुनिबाट जान्थ्यो ।

मृत्युलाई नजिकै बाट नियाल्दै थिएं । अजङगको शरीरको कुरुप अनि सातो नै लैजाला जस्तो मृत्युरुपी दानबहरुले मलाई पछ्याए झै लाग्दैथियो ।जंगलमा दौडदा ऐंसेलु र चुत्रोको झाङले शरीरभरि कोतरेर रगताम्य भएकी थिएं तै पनि हार मान्नेवाली थिइन ।शरीरलाई सकेसम्मको बल प्रयोग गरि अगाडी ठेल्दै लगें। मुसा र बिरालोको खेल जस्तो लुक्दै भाग्दै आफ्नो जीवनरक्षार्थ म चुनौतीसंग जुझ्दै थिएं । म दौडिएको भुईँ रगतका थोपाहरुले सिञ्चित हुदैँथियो ।बेगसित भाग्ने क्रममा ठूलो छाङ्गामा पुगें ।अगाडी बढ्ने बाटो समाप्त भएको थियो । कुनै अन्य मार्ग नभएपछि यिनका हात लागेर पिडादायिक जीवन वा मृत्यु पाउनु भन्दा त यहि छाङ्गाबाट खसेर मरिए पनि मरियोस भन्ने सोचाईले राम्रैसंग जरो गाड्यो मनमा अनि झ्वाम्मै हाम्फाले पारी तर्नलाई । संयोग भनु वा मेरो दिन नपुगेर हो तर्नै नसकिने त्यो ठूलो छाङ्गा कटिएछ। धड्म्म भनि पारीपट्टीको खोचंमा पछारिन पुगेछु । श्वासप्रश्वास नै रोकिएला झै भएको थियो । एकछिन त त्यहि उठ्न नसकेर घोप्टिएं । त्यो ठूलो छाङ्गा तर्न नसकिने ठोकुवा गर्दै पक्कै पनि म त्यहि खसेर मरि भन्ठानेछन् उनिहरुले मेरो कपडा र जुत्ता लिएर अन्जना आज मरि भन्दै हर्षोल्लास सहितका ध्वनी जंगलभरि नै गुञ्जयमान गर्दै फर्किए । केहि राहत महशुस गरें। अब उनिहरुले मेरो खोजी नगर्ने कुरामा निस्चिन्त भएं । बिस्तारै त्यो घायल शरीरलाई बलजफ्ती घिसार्दै घिसार्दै काउलेमा पुर्याएं । दिन ढल्न थालिसकेको थियो । म अचेत हुन लागेकीं थिएं । अनि परालको कुन्यु भित्र पसें । सायद म बेहोस भएछु । भोलिपल्ट बस्तुलाई पराल दिन कुन्युमा पराल तान्न आउने आमाले पो मलाई भेट्नु भएछ । घरमा लगि उपचार गर्नुभएछ । होस आउन पुरै एकदिन लागेछ । पछि आमाले भन्नुहुदैँथियो ।

त्यसपछि म त्यहि कहिले मलको भारी बोक्दै कहिले बारीमा डल्ला फोर्दै बसें । केहि महिना त्यसरी नै बिताएं । तर स्वास्थ्यसिथिति झन् झन् बिग्रदैँ गयो । सबैले काठमाण्डौ गएर उपचार गर्नुपर्ने सल्लाह दिए । हिजै हिडेको थिएं त्याहाबाट । सक्ने हुदोँ हो त म त्यो जंगलकै बाटो भएर आउँथें तर यो शरीरले कहिलेकाँहि साथ नदिदोँ रहेछ । बाध्य भएर बसको यात्रा गर्नु पर्यो हिजो । तिमी नभएको भए मलाई हिजै भेट्थे । तिमीलाई लाखौ लाख धन्यवाद ।

मलाई लाग्यो म कुनै चलचित्रको डरलाग्दो दृश्य हेर्दै थिएं । द्द्न्द अनि प्रतिद्द्न्दमा मेरो नायकले बिजय प्राप्त गरेझै लाग्यो । साँच्चैनै मलाई रोहिनी वास्तबिक जीवनको नायक थिइन् । उनको त्यो साहसिक यात्राको एउटा छेउ म पनि हुन पाउँदा अत्यन्तै खुसी लाग्यो ।
काठमाण्डौमा बसेर उपचार गर्न सम्भव थिएन किन की त्यतिबेला हर रात घर घर खानतलासीको लागि आर्मी हिड्थे। भेटिहालेने डर थियो ।उनको कान्छी फूपुको सल्लाहमै अब उनि भारतको काश्मिरमा उनको माईली फूपुकोमा जाने बन्दोबस्त मिलाईयो । अनगिन्ती बिछोडको क्रममा यो बिछोड पनि पिडादायिक नै थियो । तर पनि उनको जीवनरक्षार्थ यो सबै म चुपचाप स्वीकार गर्दै थिएं । बिदाईको हातहरु हल्लिदैँगर्दा मेरो मुटु पनि बेजोडसंग हल्लिदैँ थियो ।

त्यसपछि हाम्रो भेट हुन सकेन। म कहिले काँहि कान्छी फूपुकोमा पुग्थें उनको हालखबर जान्न। यस्तै २ वर्ष पछि सुने मेरो मुटुको टुक्रा त अरु कसैको भैइसकिछिन् ।फूपुकोमा कति बोझ भएर बस्नु भन्ठानिछिन् क्यारे फूपुकै सहमतीमा फूपुलेनै हेर्नुभएको केटा संग बिबाह गरिछिन् । मेरो मुटु त्यसदिन देखि अरु कसैकोलागि धड्किन थालिछिन् । भाग्यको यो खेलमा म हारेको थिएं । आज उनै मेरो रोहिनी मेरो अगाडी उभिरहेकीथिइन् ।आफ्नै छुट्टै संसारमा रमाउँदै थिइन्। उनि आफ्नो जीवानबाट सन्तुष्टी थिइन्।

आफुले प्राप्त गर्न नसके पनि म खुसी थिएं।उनको त्यो जीवनबाट । मेरो मनसाय अब उनि यतै बसुन भन्ने थियो । अब त द्द्वन्द पनि सकिएको थियो ।भूमिगतहरु सबै स्वतन्त्र जीवनयापन गर्न थालेका थियो ।

उनलाई कुनै खतरा थिएन त्यसैले भनेँ अब यतै बसे हुन्छ नि ।

केहि सकारात्मक प्रतिकृयाको प्रतिक्षामा म थिएं ।तर उनिमा कुनै उमङ्ग थिएन । मेरो सुझावमा कुनै लगाव देखिन । वास्तै गरिन बरु भन्न थालिन्  परिवर्तनका आशाले ज्यानै फालेर क्रान्तीमा आफुलाई होमे । त्यत्रो त्याग गर्यौं । तर खै सोचे जस्तो केहि भएन । गरिब निमुखा अझै उस्तै छन् । सम्पन झन् सम्नपन्नशाली हुदैँ गएका छन् । नाटकिय परिवर्तन भएकोछ । हामी आम जनताले सोचे भन्दा फरक छ यो परिवर्तन । भैगो छाडिदेउ यस्ता कुराहरु ।म उतै जान्छु । बस्दिन नेपालमा ।

जहाँ गएपनि बाँच्नै पर्ने हो । जसरी नि पेट भर्ने नै हो । वाक्क लागिसक्यो यो बेतुकको परिवर्तनले ।
उनको कुरा सुनेर मलाई उदेक लाग्यो । कुनै दिन उहि रोहिनी अन्जना बनेर हिड्दा कस्ता कस्ता परिवर्तनका भाषाहरु बोल्थिन् आज उनि रोहिनीमा यस्तो निरसपन देख्दा कता कता दुखेको महशुस गरें।

साँझ पर्न थालेको थियो ।उनि अब उकालो चढ्न आतुर थिइन् ।रात पर्नि अगावै माईती पुग्न व्यग्र थिइन त्यसैले मैले उनलाई त्याहाँबाट बिदा गरें ।उनि अब त्यो ठाडो उकालो बिस्तारै चढ्दैथिइन् म भने उनले भनेका परिवर्तनका कुराहरुमा घोत्लिन थालेको थिएं ।

केहिछिन बिष्लेषण गरें । साँच्चै नै नेपाली जनताले चाहेको परिवर्तन आएको थियो रु ती अनाम बेनाम शहिदहरुको सपनाले के कुनै रङ्ग ल्याएको थियो रु गाउँगाउँमा अझै उहि टुकीकै सहारामा ती बुढी आमाहरु ढिकीजाँता गर्दैछन् । अनि पुलको अभावमा ज्यानै जोखिममा पारेर तुहिन चढेर बिद्दार्थी भाईबहिनीहरु खोला तर्दै छन् । नेपाली छोरा छोरीहरु बिदेशी भूमिमा आफ्ना रगत बगाउँदैछन् । त्यो तातो मरुभूमिमा जल्दैछन् ,धपधपी बल्दैछन् । माओवादी पक्षका होस वा सैनिक र सर्वसाधरण पक्षका होस जो जसले आफ्नो ज्यान गुमाए ती सबै आखिर नेपाल आमाकै सन्तति थिए । १२ वर्षे जनयुद्दको के के परिवर्तन ल्यायो भन्ने बारे म अझै घोत्लिदैँछु बिश्लेषण गर्दैछु ।सायद यसको परिवर्तन् थाहा पाउन बितेका ३ वर्ष बिताएँ । अझै ३ महिना कुर्नै पर्नेभाछ । म प्रतिक्षामा नै छु । डर लाग्दैछ कतै प्रतिक्षामै बित्ने त हैन यो पुरै जीवन । तै पनि सास रहुन्जेल आश भने जस्तै पर्खनु सिवाय अरु कुनै बिकल्प पनि त छैन।

समाप्त 


बिना तामाङ
काठमाण्डौं ।

विमानस्थलबाट गोली सहित अमेरीकी प्रहरी पक्राउ

काठमाडौं, पौष २८ – एक अमेरिकी प्रहरी पेस्तोलमा लाग्ने सात राउन्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। अमेरिकी प्रहरी जोन डेभिड रुबेन लियोनार्ड शनिबार सुरक्षाजाँचका क्रममा विमानस्थलबाट पक्राउ परेका हुन्।

वासिङटन घरठेगाना भएका लियोनार्ड अलास्का, सिरा, पोल्यान्ड, टोकियो, बैंकक, क्वालालम्पुर हुँदै एअर मलेसियाको उडानमार्फत शुक्रबार नेपाल आएका थिए। एक रात होटेलमा बिताएपछि शनिबार बिहान साढे आठ बजे तारा एअरबाट लुक्लाका लागि प्रस्थान गर्ने क्रममा प्रहरीले उनको झोला खानतलासी गर्दा म्यागेजिनमा लोड गरिएको सात राउन्ड गोली फेला परेको थियो। ३० दिनको पर्यटक भिसामा आएका उनको नेपाल बस्नेम्याद माघ २४ गतेसम्म छ।
सन् २००६ जनवरी ३ मा जारी भएको अमेरिकी रादहदानी नम्बर ०७७७६५६० वाहक लियोनार्डले आफू अमेरिकी प्रहरी भएको बताएका छन् । स्रोतका अनुसार उनीसँगै अन्य आठ अमेरिकी प्रहरी पनि आएका छन्। हिमाल आरोहणका प्रशिक्षकसमेत रहेका उनले आफू लुक्लामा आरोहण प्रशिक्षण दिन आएको बताए।
गौशाला वृत्तमा राखिएका उनले भने, ुम अमेरिकी प्रहरी हुँ, मेरो ब्यागमा गोली थियो भन्ने मलाई थाहा थिएन, डिउटीका क्रममा ब्यागमा राखिएको थियो, भुलेर त्यही ब्याग बोकेछु।ु उनले नेपाल धेरै सुन्दर देश भएको बताउँदै यो आफ्नो दोस्रो भ्रमण रहेको जानकारी पनि दिए।
नेपाल प्रहरीले भने लियोनार्डमाथि सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गराएको छ। महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी सुबोध घिमिरले भने, “हतियार कसरी आयो भनेर अनुसन्धानका लागि सार्वजनिक अपराधमा म्याद थपिएको हो, हतियारको पुष्टि हुन सकेन भने कानुनअनुसार थप मुद्दा चलाउँछौं ।”

५० वर्ष पहिले नेपाल ( भिडियो हेर्नुहोस )

५० वर्ष पहिले नेपाल भिडियो हेर्ना पहिला तलको Ten Sport T V बन्द गर्नुहोस ।



       

       

       

       




Ten Sport TV मेरोसाईनो बल्गको अन्तमा छ । 

कक्षा ११ को परीक्षाफल आज प्रकाशित हुने

२६ पुस, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले सञ्चालन गरेको कक्षा ११ को परीक्षाफल आज प्रकाशित हुने भएको छ । परिषदले गत जेठमा लिएको परीक्षाफल प्रकाशन गर्न लागेको र सम्पूर्ण तयारी पूरा भएको परिषद्का सदस्यसचिव भीमलाल गुरुङले बताए ।
कक्षा ११ मा ४ लाख ३५ हजार १८ जना विद्यार्थी सहभागी थिए । जसमध्ये २ लाख ६५ हजार ४ सय ५७ नियमित तर्फ छन् भने आशिंकतर्फ १ लाख ६९ हजार ४ सय ५७ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षाको परीक्षाफल साँझसम्ममा प्रकाशित गरिने परिषदले जनाएको छ । यता विद्यार्थी र अभिभावकले भने परीक्षा लिएको लामो समयसम्म पनि नतिजा प्रकाशन नगरेको भन्दै गुनासो पोख्दै आएका छन् ।


तपाईको नतिजा हेर्ना यहाँ किल्क गर्नुहोस ।

मंगल ग्रहमा जान छानिए नेपाली

२२ पुस,  मंगल ग्रहमा जान छनोट भएका व्यक्तिहरुमध्ये एक नेपाली पनि छानिएका छन् । मंगलग्रहमा मानव बस्ती बसाउने योजना बनाएको नेदरल्याण्डस्थित ‘मार्स वान’ संस्थाले छानेका १ हजार ५८ जना मध्ये एकमा नेपाली पनि परेका हुन् । मार्स वानले तोकेको मापदण्ड पुरा गर्दै पाल्पाको रामपुरका समीर न्यौपाने मंगलग्रह जानेको सूचीमा दर्ता भएका छन् । उक्त संस्थाले अझै विभिन्न चरणको परीक्षण भने गर्न बाकी रहेको छ ।

प्रत्येक २र२ वर्षमा ४ जनालाई मंगलग्रहमा पठाउने योजना बनाएको मार्स वानले सन् २०२४ मा पहिलोपट ४ जनालाई पठाउने तयारी गरेको छ । उनीहरुलाई त्यहाँ पठाउनुअघि विभिन्न चरणको परीक्षण गर्ने र उनीहरुले मंगलग्रहमा गएर विभिन्न बैज्ञानिक परीक्षण गर्ने छन् । ग्रहमा महिला र पुरुष बराबरीको संख्यामा पठाउने तयारी मार्स वानको छ ।

विज्ञान विषय लिएर प्लस टु पढिरहेको समीर आफू मंगलग्रह जानेमा विश्वस्त रहेका छन् । पहिले उनले आफ्नो व्यक्तिगत विवरणसहित ग्रहमा जानुका कारणसहितको ३ मिनेटको भिडियो र तीनवटा प्रश्नको जवाफ पठाएका थिए । अब दोस्रो चरणमा छनौट भएकाहरुको शारीरिक र मानसिक परीक्षण गरिने न्यौपानेले बताए । अब क्षेत्रीय स्तरमा परीक्षा हुने र उक्त परीक्षा भारत वा चीनमा हुनेछ ।
मंगल ग्रहमा जान विश्वभरबाट २ लाख भन्दा बढीले आवेदन दिएका थिए । उक्त ग्रहमा पुग्न अहिलेको रकेटको गतिले ६ देखि ८ महिनासम्म लाग्नेछ ।

मानिसले राशी अनुसार कस्तो यौन ब्यबहार गर्छ


         ज्योतिषशास्त्रका अनुसार मानिसको सौख र ब्यवहार राशी अनुसार नै फरक फरक हुन्छ । यौन ब्यवहार पनि फरक फरक हुन्छ । त्यसैले हामीले मानिसको राशी अनुसार यौन ब्यवहार कस्तो हुन्छ त्यस बारे ज्योतिषशास्त्रमा के लेखिएको छ । त्यसबारे जानकारी राखौं । 

 मेष राशी – यस राशीका ब्यक्तिहरुमा कामबासनाको भावना धेरै हुन्छ । लामो समयसम्म यौनसम्पर्क गर्न यिनीहरु रुचाउँछन । कम समयमा नै प्रेमको भरपुर रोमान्स उठाउन चाहन्छन । यौनसम्पर्कको समयमा छिटै आवेशमा आउँछन । यस कारण यो राशीका मानिससँग न बचन संयम राख्नुपर्छ ।

 बृष राशी – यस राशीका मानिस बुद्धि विवेक भएका हुन्छन् । छिटै आवेशमा आउदैनन् । चुम्वन गर्न मन पराउँनछन् । यौनसम्पर्क गर्नुभन्दा पहिला साथीलाई एकदम माया गर्छन । यीनीहरु प्रेमको पहल गर्न बढी जोड गर्छन । 

 मिथुन राशी – यीनीहरु काम बासनाको भावना बढी हुन्छ । यीनीहरु त्यसका लागी छिटै आवेशमा आउँछन् । यौनसम्पर्कको दौरानमा कुराकानी गर्न मन पराउँछन् । साथीसँग तालमेल गर्न बढी होसीयारी हुन्छन् । 

कर्कट राशी – यस राशीका मानिस भावुक र संवेदनशिल पनि हुन्छन । यस कारण यीनीहरु यौन सुख उठाउने मामिलामा पछाडी रहन्छन । यीनीहरु आफनो साथीको खुसी भन्दा पनि आफ्नो खुसीलाई बढी ध्यान दिन्छन् । यीनीहरुको बैवाहिक जीवनमा प्रेम र आनन्द कमी हुुन्छ । कहिलेकाही प्रेम प्रति बढी उत्साहित पनि हुन्छन ।

 सिंह राशी – यस राशीका मानिस स्थिर बुद्धी हुन्छन् । प्रेमप्रति आफ्नो भावनाको छिटो ब्यत्त गर्दैनन् । यौन क्रिडाको दौरानमा धेरै उर्जावान जोसिला रहन्छन । जोश र उत्साहका कारण आफ्नो यौन साथीलाई दुख भएको छ की भनेर हेक्का पनि राख्दैनन् । 

 कन्या राशी – यस राशीका मानिस लज्जालु हुन्छन् । प्रेमप्रति आफ्नो चाहना छिटो दर्शाउदैनन् । यौनमा बिषयमा भने खुव रुची राख्छन् । यौनसम्पर्क गरिरहेको बेला बातचित गर्न मन पराउदैनन् । यिनीहरु जोलाई प्रेम गरेका हुन्छन तिनिहरु प्रति इमान्दार रहन्छन । यिनीहरु स्वाभाव मुडी हुन्छन । 

 तुला राशी – यस राशीका मानिस आफ्नो साथी राख्न सक्छन । प्रेम सम्बन्धका लागी कहिल्यै दबाव दिदैनन् । साथीको इच्छामा नै अगाडी बढाउछन् । यस राशीका मानिस छिटो नै आक्रशित गर्ने खालका हुन्छन । यौनसम्पर्क राख्ने दौरानमा बातचित गर्न मन पराउछन् ।

 बृषिक राशी – यो राशीका मानिसमा काम बासनाको भावना धेरै हुन्छ । यो राशीका मानिसको उत्साह र ब्यबहारले यौन साथी हैरान हुन्छन । प्रेमको मामिलामा अति भावुक हुन्छन् । 

 धनु राशी – यस राशीका मानिस सधै भरी प्रेम सम्बन्धका लागी तयार रहन्छन् । प्रेम र आनन्दपूर्ण जीवन प्रति बढी उत्साहित हुन्छन् । यौन सम्बन्धका बेला चुम्वन र कुराकानी गर्न मन पराउदैनन् ।

 मकर राशी – यस राशीका मानिस प्रेम प्रति धेरै गम्भीर हुन्छन् । आफ्ना यौन साथी प्रति नै सर्मपित हुन्छन् । यस कारण यो राशीका मानिस प्रेमका लागी धेरै भरोसा गर्न लायक हुन्छन् । यो राशीका मानिसहरु चुम्वन गर्न बढी मन पराउँछन् । 

 कुम्भ राशी – यो राशीका मानिस यौनसम्पर्क बेला धेरै उत्साहित हुन्छन् । नयाँ नयाँ आशनमा यौनसम्पर्क गर्न रुचाउँछन । त्यो बेला उताउति बातचित गर्न यिनीहरु मन पराउदैन् । यीनीहरु साथीको भन्दा आफुलाई बढी ध्यान दिन्छन । 

 मिन राशी – यीनीहरु आफ्नो यौन साथीको खुव ध्यान दिन्छन् । यीनीहरु पनि धनु राशी जस्तै प्रेम प्रति धेरै उत्सुक हुन्छन् । यीनीहरु कुम्भ राशी जस्तै यौनसम्पर्क बेला अलग अलग आसनमा यौन गर्न इच्छा राख्छन । यो राशीका मानिसलाई साथी बनाउदा धेरै सुखद एंव आनन्दमय जीवन हुन्छ ।

Ten Sport TV


खोटाङमा सेफ्टी ट्यांकीभित्र नवजात शिशु

खोटाङ, पुस १०– खोटाङको उत्तरी गाबिस बाक्सिलामा सेफ्टी ट्यांकीभित्र नवजात शिशु मृत अवस्थामा फेला परेका छन् ।
बाक्सिला–१ की कविता बिश्वकर्माको ट्वाइलेटको सेफ्टी ट्यांकीमा मृत नवजात शिशु फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयबासिन्दाले दिएको सुचनाका आधारमा बिश्वकर्माको ट्यांकीमा मृत नवजात शिशु फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेश देवले बताउनुभयो ।
नवजात शिशु जन्माएर सेफ्टी ट्यांकीमा फालेको आशंकामा कविता विश्कर्मालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी निरीक्षक देवले बताउनुभयो ।
साभार : उज्यालो अनलाईन 

नेपाली लोक धुन “ रेशम फिरीरी ” मन पर्छ भने यो भिडियो अबश्य हेर्नु होला ।

नेपाली लोक धुन “ रेशम फिरीरी ” 


       

       

       

       





किवी खेती बाट वार्षीक २ लाख आम्दनी

दोलखा, पौष १० - पैसा कमाउन विदेशनै जानु पर्छ भन्दै विदेशीने लहर चलि रहेका बेला दोलखाका एक कृषक ले भने आफ्नै माटोमा किवी  खेती गरी मनग्य आम्दानी गरेका छन् । 

भीमेश्वर नगरपालीका १० कृषक श्याम खड्का ले व्यवासायिक किवी खेती गरेर एक वर्षमा नै डेढ रोपनी जग्गामा लगाएको २१ झाङ किवी बाट करिव दुई लाख रुपैँया आम्दानी गर्न सफल भएका छन् ।  प्रति बोट मा २० देखि ६० केजी सम्म उत्पादन लिएको खड्काले बताएका छन् । 

स्थानीय बजारमै प्रति केजी ४०० रुपैया सम्म मा विक्रि भईरहेको छ । लामो समय सम्म सजिलै भण्डारण गर्न सकिने पोसिलो फल किवी खाँद मटु रोगीलाई समेत फाईद पुग्ने बताईन्छ ।