मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

खोटाङमा सेफ्टी ट्यांकीभित्र नवजात शिशु

खोटाङ, पुस १०– खोटाङको उत्तरी गाबिस बाक्सिलामा सेफ्टी ट्यांकीभित्र नवजात शिशु मृत अवस्थामा फेला परेका छन् ।
बाक्सिला–१ की कविता बिश्वकर्माको ट्वाइलेटको सेफ्टी ट्यांकीमा मृत नवजात शिशु फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयबासिन्दाले दिएको सुचनाका आधारमा बिश्वकर्माको ट्यांकीमा मृत नवजात शिशु फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेश देवले बताउनुभयो ।
नवजात शिशु जन्माएर सेफ्टी ट्यांकीमा फालेको आशंकामा कविता विश्कर्मालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी निरीक्षक देवले बताउनुभयो ।
साभार : उज्यालो अनलाईन