मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

२०६९ साल माघ २९ गते, विवहाको पश्चात पहिलो तश्बिर

सुन्दर दोलखाको एउटा आकर्षण, सँधै हाँसीरहने हाम्रो गौरीशंकर

घुम्न जाने हैना ?

हाम्रौ जिरी त हो नी एक पटक त जानै पर्छ ;

नमस्कार ..........

दोलखा चरिकोट बाट प्रसारण हुँदै आएको हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्जको स्टुडियो मा

विहान उठ्ने वित्तिकै हिमाल देख्न पाईयोस !

नेपालमा बिदेशी अातंकवादी हमलाकाे सन्त्रास : विमानस्थलमा छाडिए हतियार सहित नेपाली सेना

विश्वका कतिपय शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि नेपाल प्रवेश गर्ने मुख्य नाकामा नेपाली सेनाको ‘एन्टो टेरोरिस्ट युनिट’ ले निगरानी थालेको छ । नेपाली सेनाले आतंककारीले विमान अपहरण गरिहालेमा कसरी यात्रुलाई सुरक्षित अवतरण गराउन सकिन्छ भन्नेमा समेत विमानस्थल परिसरमा सैन्य अभ्यास गर्न लागेको स्रोतले बताएको छ ।

टर्कीको इस्तानबुल विमानस्थल र पछिल्लोपटक बगंलादेशमा भएको आतंकवादी संजाल आईएसको आक्रमणपछि नेपाल प्रवेश गर्ने एकमात्र हवाईमार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो । त्यसका लागि सेनाले नेपाल प्रहरीको विशेष व्यूरोको सहयोग लिएको छ ।
त्रिभुवन विमानस्थलको बाहिरी भाग को सुरक्षा गर्दै आएको सेनाले कतिपय ठूला मुलुकमा आतंकवादीले विमानस्थललाई निसान बनाउन थालेपछि विमानस्थलको भित्री सुरक्षा चासो राखेको हो । छिमेकी मुलुक भारत र अमेरिकाले समेत त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएपछि गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको समन्वयमा नेपाली सेनाको युनटिले विमानस्थल र स्थलमार्ग हुँदै भारबाट नेपाल प्रवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो ।

साँस्कृतिक पर्व रोपाई जात्र सम्पन्न


चन्द्र खड्का /  जिरी सन्देश
ठोसे, २० भाद्र । पुरानो संस्कृति बोकेको रोपाई जात्र भब्यताको साथ सम्पन्न भएको छ । रामेछापको ठोसे मा बसोबास गर्ने स्थानि नेवारी समुदायले भाद्र १९ गते कृष्ण अष्टमिको दिन पुरानो संस्कृतिलाई जोगाउने गरि भगवान कृष्णको जन्म दिंदै यो पर्व मनाउने गर्दछन् । 

पुरानो कलाले भरिएको यो पर्वमा नेवारी समुदायका स्थानिय युवाहरुले विभिन्न नेवारी कला देखाएका थिए । भुकम्पाबाट त्रसित बनेका आम नागरिकलाई नेवारी कलाकारहरुले विभिन्न झाँकि सहित नागरिकहरुमा भुकम्पाको भय हटाउन  बेजोड कला प्रर्दशन गरि हंसाएका थिए । यो पर्वमा समाजमा हुने विभिन्न नकारत्मक क्रियाकलाप माथी चोटिलो ब्याङ्ग्य प्रहार गर्ने गरिन्छ । मेला हेर्ना को लागि दोलखा र  रामेछापका गाउँ गाउँ बाट आएका रमितेहरुले ठोसे पुरै भरिएको थियो । दिनमा रोपाई जात्र देखाउने र रातमा महाकाली नाच देखाउने गरिन्छ । रोपाई जात्र मा चोटिलो ब्याङ्ग्य प्रहारगरि दर्शकलाई हंसाईन्छ भने महाकालीमा विभिन्न भगवानको नाच देखाउनुको साथै मध्य रातमा भगवान कृष्णलाई जन्माइने पराम्परा छ । स्मरण रहोस साँच्चिकै भगवान कृष्णको जन्म दिने होईन, एउटा कला मात्र हो । यो नाचलाई अत्यन्त महत्वपुर्णको साथ हेर्ने गरिन्छ । दिनमा भन्द रातको मेला भर्ने रमितेले ठोसेलाई निकै ठुलो भिडभाड बनाउने थियो ।
विनाशकारी भूकम्प पछि रामेछापको ठोसे पुरानो बजार

बैशाख १२, १३ र २९ गते को विनासकारी भुकम्पाले ठोसेबजारलाई तहसनहस बनाए पछि मेला देखाईन्छ वा देखईन्न भन्ने दोघारमा रहेका स्थानीयहरुलाई ठोसेका नेवार समुदायले यस्तो विपतको घडिमा पनि पुरानो संस्कृति छाड्ना नहुने भन्दै मेला देखाएका हुन् । ठोसे बजारमा विनासकारी भुकम्पाले मानविय क्षति नभए पनि ठुलोरुपमा भौतिक क्षति पु¥याएको थियो । यहाँका केहि घरहरु मात्र वस्न मेल्ने छन् भने अरु सबै घरहरु पुर्णरुपमा क्षति पुगेको छ । ठोसे बजार पुरानो ईतिहाँस बोकेको बजार हो । जहाँ राणकालमा फलाम खानी सञ्चालनमा थियो । यसै फलाम खानीले कहलिएको ठोसे बजार को भौतिक संरचना अहिले पुन निमार्णको पखाईमा छ । 

१६ वर्ष पछि विस्तापित गाई फार्म पुन सञ्चलनमा ल्याईने


चन्द्र खड्का, जिरी सन्देश 
२० भाद्र, जिरी । विस्तापित भएको गाई फार्म १६ वर्ष पछि पुन सञ्चालनमा ल्याईने भएको छ । २०५६ सालमा तत्कालिन नेकपा माओवादिको एक समुहले विस्तापित गराएको गाई फर्म १६ वर्ष पछि सञ्चलनमा ल्याउन लागेको हो । पशु विकास फार्म जिरी को मातहतमा सञ्चलनमा रहेको चुचुरेको लहरे गाई फार्म २०५६ सालमा तत्कालिन नेकपा माओवादिका कार्यकर्ताहरुले विस्तापित गराईदिएका थिए ।

विस्तापित भए सँगै लहरेमा रहेको सरकारी खर्का र लहरे गाई फार्म ले भोचलन गर्दै आएको श्यामा गाविसमा र जिरी नगरपालिका वडा नं. १ मा रहेको सरकारी खर्क अलपत्र अवस्थामा रहेको थियो । तर केहि वर्ष पछि अलपत्र सरकारी जग्गा अतिक्रमण गरि स्थानियहरुले ब्यतिगत प्रयोजनको लागि होडबाजीमा नै भौतिक संरचना तयार गरेका छन् । लहरेको सरकारी जग्गामा मात्र झण्डै ३० घरको हारहारी मा भवन निमार्ण भईसकेको छ भने अझ भवन निमार्णको लागि घडेरी खार्ने काम तिब्र बनि रहेको छ । यता जिरी नगरपालिका वडा नं. १ मा रहेको जग्गामा पनि वर्षौँ पहिले देखि नै ब्यक्तिगत प्रयोजनको लागि भौतिक संरचना तयार गरी अतिक्रमण गरीएको छ । सरकारी खर्क राष्टिएकरण ऐन  २०३१ मा उल्लेख भए अनुसार सरकारी खर्कहरु स्थानियले घाँस उत्पादन गरि चरिचरण गर्न पाउने छन् भने ब्यतिmगत प्रयोजनको लागि कुनै पनि भौतिक संरचना निमार्ण गर्न पाईने छ । यी सरकारी खर्कहरु स्थानीय निकाएको मातहतमा हुने र यदि कसैले ब्यतिगत संरचना तयार गरे स्थानिय निकायले नियन्त्रण गर्नु पर्ने हुन्छ । अहिले चुचुरेको सरकारी खर्कमा बनेको भवनहरुको भाडा जटाश्वरी उच्च माध्यामिक विद्यालयले उठाउँदै आएको छ । सरकारी खर्क राष्ट्रियकरण ऐन २०३१ अनुसार यो गलत भएको पशुविकास फर्म जिरीका फर्म प्रवन्धक सुधिर सिङको भनाई छ । यस्तो गलत कार्यरोक्न स्थानिय निकाएले चासो नदेखाएको सिङको आरोप छ । लहरे गाई फर्म अन्र्तगत १२५ हेक्टर सरकारी जग्गाहरु हाल अलपत्र अवस्थामा छाडिएको छ । अहिले यस्ता जग्गाहरमा स्थानियले अतिक्रमण गरी भौतिक संरचना तयार गर्ने गरिएको छ ।

आर्थिक वर्ष २०७२/ ०७३ मा नै फर्म सञ्चालनको लागि लहरेमा भौतिक संरचना तयार गरिने र अर्को वर्ष बाट पशु विकास फर्म जिरी को शाखा फर्मको रुपमा सञ्चालन हुने पशु विकास फार्म जिरीका फर्म प्रवन्धक सुधिर सिङले बताउनु भयो । सुरुमा ३०/४० वटा गाई लगेर सुरु गरि विस्तारै गाईको सँख्या वढाएर फर्म विस्तार गर्ने प्रबन्धक सिङले जानकारी  दिनुभयो ।

रामेछाप जिल्लाकै पहिलो विद्यालयमा ५ करोडको क्षति, अस्थाई शिकाई केन्द्र प्रयाप्त नहुँद शिक्षण मा समस्या

चन्द्र खड्का /  जिरी सन्देश
ठोसे, २० भाद्र । गएको बैशाख १२, १३ र २९ गतेको विनासकारी भुकम्पाले रामेछाप जिल्लाकै पहिलो र पुरानो शारद उच्च माध्यामिक विद्यालय ठोसेको ९५ प्रतिशत भन्द बढि भौतिक क्षेति पुगे पछि पठान पाठन मा समेत समस्या देखिएको छ । विद्यालयलाई पुर्ण क्षेतीको प्रमाण पत्र दिए पनि अस्थाई शिक्षण केन्द्र निर्माणको लागि जिल्ला शिक्षा कार्यलय राममेछापले ३ लाख रुपैयाँ वितरण गरेको थियो । उक्त रकम अस्थाई शिक्षण केन्द्र निमार्ण गर्न प्रयाप्त नभए पछि २ वटा ट्रेनको समेत प्रयोग गरि विद्यालयले कक्षा सञ्चालन गर्दै आएको छ । 


२ तले ६ कोठे पक्कि एउटा भवन बाहेक अन्य सबै भवनहरु प्रयोग गर्र्न नमिल्ने गरि भत्किएको थियो । जसमा १२ कोठे २ तले ढुङ्गाले छाएको एउटा कच्चि भवन, जस्ताको छानो भएको २ तले ३ कोठे भवन, ६ कोठे पक्कि विज्ञान प्रयोग शाला भवन, २ तले ४ कोठे पक्कि भवन, ५ वटा भुकम्पा ब्लकको १० वटा कक्षा कोठा, ढुङ्गाको छानो भएको ५ कोठे अतिथि भवन, जस्ताको छानो भएको २ तले १० कोठे छात्रावास भवन प्रयोग गर्न नमिल्ने गरि क्षति पुगेको थियो । विज्ञान प्रयोगशालाको भवन रामेछाप क्षेत्र नंं. १ अन्र्तग विद्यालयहरुको विज्ञान प्रयोगशाला भवन हो । विज्ञान प्रयोगशालाको सामाग्रीहरु मा समेत क्षेति पुगेको छ । १५ वटा शैचालय पनि प्रयोग गर्न नमिल्ने भए पछि विद्यार्थिहरुलाई सौच गर्न समस्या परेको छ । पहिला ६ वटा धारा प्रयोग गर्दै आएका विद्यार्थिहरु अहिले एउटा धारा अस्थाईरुपमा सञ्चालनमा हुँदा पानी पिउनको लागि पालो कुर्नु पर्ने समस्या भएको विद्यार्थीहरुको गुणाशो छ । २६ थान कम्प्यूटर फुटेर काम नलाग्ने भएको छ भने १० लाख बराबरको पुस्तकहरु परिँद पुस्तकलय पनि बन्द छ । विनाशकारी भुकम्पाले शारद उमाविमा मात्र ४८ वटा कोठा पुर्ण रुपमा क्षेत्री तथा विभिन्न सामाग्रीहरु गरेर झण्डै ५ करोड भन्द माथीको क्षति पुगेको विद्यालयको प्राचार्य भगवान कार्कीले जानकरी दिनु भयो । विशेष गरि रामेछाप जिल्लाको ५ वटा गाविसको ठोसे, चुचुरे, गुम्देल, बाम्ति र कुम्भुकाँस्तलीका विद्यालयहरु मा सबै भन्द बढि क्षेति पुगेको छ ।
जल्ला कै पुरानो र उत्कृष्ठ छवि बनाएको यस विद्यालयले २००९ साल बैशाख १० गते बाट औपचारिकरुपमा पठानपाठन सुरु गरेको थियो । २०१३ साल मा  निमावि हुँदै २०२१ साल बाट मावि तह सम्मको कक्षा सञ्चालन गर्दै आएको थियो । २०६२ सालमा उच्च माविको स्वीकृत पाएको यस विद्यालयले २०६५ साल बाट स्नातक तह सम्मको कक्षा सञ्चालन गर्दै आएको छ । हाल विद्यालय तहमा मात्र ६०० भन्द बढि विद्यार्थिहरु अध्यान गर्दै आएका छन् । 

तिमी बिना बाँच्नै नसक्ने भएछु (गजल)

तिम्रो सम्झनामा मेरो आँसु पिउँदा(पिउँदै पिउन नसक्ने भएछु
जिउँदा(जिउँदै तिम्रो नाममा जिन्दगी, म जिउन नसक्ने भएछु

स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा(गर्दै
म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु

बज्र कुमार राई
मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा(खेल्दै
म आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु

बन्द भए भट्टीपसल, साथीहरुले छोडी गएछन्
बाटो तिर्मिर्याएर पाईलामा, गन्तव्यमा म पुग्नै नसक्ने भएछु

रात निस्पट अध्यारो भएपछि, शहर मस्त निदाएछ
म हिँड्दै गरेको गल्लीमा बर्बराउँदै, सुतनै नसक्ने भएछु

त्यहि रातमा भेट्नेहरुले मरेको ठानेर, तर्सदै हिंडेपछि
भूत लखेट्ने कुकुरबाट, म टोक्नै नसक्ने भएछु

भोलिको पहिलो झिसमिसेमा, कक्रिएर ब्युँझेपछि
लाज शरमको पोको लुकाई, म भाग्नै नसक्ने भएछु

कसले बुझ्छ मेरो कथा, थर न ठेगाना भएपछि
त्यै भट्टीमा भोलिबाट, म एक्लै मात्र नबिक्ने भएछु

बिहानी भो, दिन आयो, दिन गयो फेरी रात आएछ
त्यही रातमा फेरी म तिमीबिना बाँच्नै नसक्ने भएछु

जनसहायोगी साकोस मालीको काठमाण्डौँ सदस्य भेला सम्पन्न

चैत्र २२, दोलखा 
         माली बासीको एकताको प्रतिक आर्थिक विकासको धरोहर जनसहयोगी बचत तथा ऋण सहकारी संस्था लि.माली को तेश्रो काठमाण्डौँ भेला शनिबार ( २२ चैत्र )  सम्पन्न भएको छ । 

      सँस्थाको अध्यक्ष भक्त के.सी. को सभापतित्वमा सम्पन्न भेलाकोे समाजसेवी टहलबहादुर खड्काले उद्घाटन गर्नु भएको थियो । सम्पन्न भेलाले कृषी उत्पादनमा जोड दिदै मासु जन्यपदार्थ उत्पादनका लागि व्यवायीक पशुपालन तर्फ विशेष लगानी गर्ने शैक्षिक कर्जाको व्यवस्थाका साथै गरीबी न्यूनीकरणका लागि  महिलाश्रमलाई उत्पादन मुखी बनाउँने निर्णय गरेको छ । सँस्थाले प्रत्येक वर्ष विभिन्न पेशा तथा ब्यवासाय सञ्चालन गर्दै काठमाण्डौँमा बसोबास गर्ने सदस्यहरुको भेला गर्दै आएको छ ।

      भेलामा महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लि.सहरेका अध्यक्ष बालकुमारी फँुयाँल, जिरी खिम्ति साकोस जिरीका सचिव हरिराम कार्की, छत्रबहादुर खड्का, राष्ट्रिय कलाकार कल्याण राई, रोहित कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रसव वेदनाले छट्पटिएकी महिलाले रुँदै भनिन्–‘के हामीले पेटभित्रै बच्चा मार्ने ? ( भिडियोसहित )

काठमाडौं, माघ ४ - एक सातादेखि राजधानीको शिक्षण अस्पतालमा अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य स्थित बिग्रंदै गर्दा सिँगो अस्पतालको अवस्था पनि दयनीय बनेको छ ।


नयाँ डीन नियुक्तिको प्रक्रियाप्रति असहमति जनाउँदै अनसन बसेका डा। केसीको मागको सुनुवाई नभएपछि अहिले देशकै ठूलो मध्येको एक शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि पुगेका सयौं बिरामीहरु पनि मारमा परेका छन् । एक रिपोर्ट ( भिडियो हेर्नुहोस् )