मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

कांग्रेसमा संसदीय दलको नेता छान्न निर्वाचन समिति गठन

काठमाडौं ४ माघ–
 नेपाली कांग्रेसले संसदीय दलको नेता समिति गठन गरेको छ । प्रमुख नेताहरुबीच विवाद भएपछि आज बसेको केन्द्रीय समितिको बैठकले संसदीय दलको नेता चयन गर्न समिति बनाएको हो । बैठकले ससदीय दलको नेता चयनका लागि प्रवक्ता दिलेन्द्र बडुको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको नेता प्रकाशरण महतले जानकारी दिए ।

समितिमा केन्द्रीय सदस्य रमेश रिजाल र रामचन्द्र तिवारीलाई सदस्यका रुपमा राखिएको छ।  समितिले गर्ने सिफारिसका आधारमा फेरि केन्द्रीय समितिले निर्णय गर्नेछ । कांग्रेसमा संसदीय दलको नेता प्रधानमन्त्री हुने नीति छ ।

प्रधानमन्त्रीका आकंक्षी सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलवीच सहमति नभए निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि संसदीय दलको निर्वाचन गराउने छ ।