मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

नेपाली युवालाई मृत्युदण्डको फैसला

काठमाडौँ, ३० पुस ।
 सङ्खुवासभाका २३ वर्षीय युवा अनिस खालिङ्ग राईलाई युएईको दुवईस्थित माथिल्लो अदालतले तल्लो अदालतको मृत्युदण्डको फैसलालाई सदर गरेपछि उनका परिवारजन पीडाले छटपटिएका छन् ।

      दुवईको आबुधावीमा घरेलु कामदारका रुपमा काम गरिरहेका राईलाई पाकिस्तानी नागरिक बङ्गाल खानको हत्या गरेको आरोपमा यसअघि त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला गरेका थिए ।
सो जिल्लाको मत्स्यपोखरी गाविस–३ निवासी राईको मृत्युदण्ड हुने भएपछि उनको आयबाट आश्रित ७५ वर्षीय बुबा भीमप्रसाद, ५७ वर्षीया आमा डिकमाया, श्रीमती रविता र नाबालक छोरी रितु न्यायको खोजीमा काठमाडौँ आएका हुन् ।

         नारदकुमार राईले युवक राईको जीवनरक्षाका लागि सञ्चारमाध्यम, राज्य तथा मानवअधिकारकर्मीले पहल गरिदिन आग्रह गर्नुभयो ।  सभासद् तारामान गुरुङले राईको जीवनरक्षाका लागि आफूले आफ्नो पार्टीमा आवाज उठाउने वचन दिँदै उसलाई सकुशल नेपाल फर्काउन सबै लाग्नुपर्ने बताउनुभयो ।
       अर्का सभासद् दीपक खड्काले निर्दोष राईलाई त्यहाँको अदालतले फसाएको दाबी गर्दै नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने र परराष्ट्र मन्त्रालयमार्फत पहल गर्नुपर्ने बताउनुभयो ।