चन्द्र खड्का ,
दोलखा पौष २९ – दोखलाको माली गाविस स्थित बौद्धभुवानेश्वरी माध्यामिक विद्यालयमा यहि शैक्षिक सत्र २०७१/०७२ बाट उच्च माध्यामिक तहको कक्षा सञ्चानलन हुने भएको छ ।
विद्यालयको ५१ औँ बार्षिक उत्सब एंव अभिभावक भेलामा सोमबार विद्यालयको प्रधानध्यापक आङबाबा शेर्पाले उच्च माध्यामिक तहको कक्षा सञ्चानल गर्न सम्पुर्ण तयारी पुरा भएको र आगमी शैक्षिक सत्र बाटै कक्षा सञ्चान गरिने बताएका छन् । माली गाविसमा हाल सम्म उच्च माध्यामिक विद्यालय नभएकोले माली गाविसका विद्याथीहरु उच्च माध्यामिक तहको शिक्षाका लागी श्यामा गाविसको गर्जङ ढुङगा उच्च मावि , जिरीको जिरी उच्च मावि , रामेछापको ठोसेको शरद उच्च मावि लगायतका विद्यालयका जान बाध्य छन् । बौद्धभुवनेश्वरी मावि मा उच्च माध्यामिक तहका कक्षा सञ्चालन हुने भए पछि मालीका विद्याथीहरु लाभाम्वित हुने छन् भने श्यमा गविस र जिरी गाविसका विद्याथीहरुलाई समेत उमावि शिक्षाको लागी सहज हुने छ । सभामा विद्यालयका प्रधानध्यापक शेर्पाले ७१ लाख ४८ हजार बराबरको आयव्यार प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको उत्घाटन प्रमुख अतिथि त्रिभुवान विश्व विद्यालयका शैक्षिक योजना प्रमुख डा. प्रदिप चन्द्र गौतमले उदघाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गौतमले विभिन्न विद्याका शैक्षिक पुरस्कारहरु वितरण गर्नु हुँदै शैक्षिक सुधारका लागि शिक्षण पेशालाई राजनीतिबाटा राख्नु पर्ने बताएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्याक्ष मिङबा शेर्पाको अध्यक्ष मा सम्पन्न कार्यक्रममा जिरी उच्च मा.वि.का श्रोतव्यक्ति हरिराम खड्का, प्रचार्य केशवकुमार काकीर्, गर्जाङढुगा उच्च मा.विका प्रर्चाय दोरणबहादरु कार्की, नेपाली काँग्रेस माली गाउँ कमिटिका सभापति भोलाराम चापागाइर्, एकिकृत ने.क.पा.माओबादी मालीका अध्यक्ष शम्भुप्रसाद दहाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आजै सम्पन्न भेलाले पेमादोर्जी शेर्पाको अध्यक्ष्यतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।







