दोलखा, पौष १० - पैसा कमाउन विदेशनै जानु पर्छ भन्दै विदेशीने लहर चलि रहेका बेला दोलखाका एक कृषक ले भने आफ्नै माटोमा किवी खेती गरी मनग्य आम्दानी गरेका छन् ।
भीमेश्वर नगरपालीका १० कृषक श्याम खड्का ले व्यवासायिक किवी खेती गरेर एक वर्षमा नै डेढ रोपनी जग्गामा लगाएको २१ झाङ किवी बाट करिव दुई लाख रुपैँया आम्दानी गर्न सफल भएका छन् । प्रति बोट मा २० देखि ६० केजी सम्म उत्पादन लिएको खड्काले बताएका छन् ।
स्थानीय बजारमै प्रति केजी ४०० रुपैया सम्म मा विक्रि भईरहेको छ । लामो समय सम्म सजिलै भण्डारण गर्न सकिने पोसिलो फल किवी खाँद मटु रोगीलाई समेत फाईद पुग्ने बताईन्छ ।








