६ पुस, काठमाडौं – बम बोकेर सडकमा निस्किएका महेश एकाएक बेहोस भए । होसमा आउँदा अर्कैलाई ताकेको बम मात्र होइन बम समाउने हात पनि साथमा रहेन । गितार, ड्रम, पियानोजस्ता बाजा बजाएर पहिचान बनाएका महेश नेपालीलाई अब कसरी बाजा बजाउने भन्ने चिन्ता छ । अहिले उनलाई आतंक फैलाउने कार्यप्रति पश्चताप पनि लागेको छ ।
संविधानसभा निर्वाचन विफल पार्न नेकपा(माओवादीसहितका दलले नेपाल बन्द आह्वान गरेका थिए । महेश सार्वजनिक स्थानमा विस्फोट गराएर अरुलाई तर्साने र चुनाव विफल पार्ने रणनीति सफल पार्न कस्सिएका थिए । तर उनी आफ्नो उद्देश्यमा कति सफल भए त्यसको लेखाजोखा गर्ने अवस्थमा पनि छैनन् । अरुलाई प्रहार गरेको राजनीतिक लक्ष्य हासिल गर्न बोकेको बलमे उनैलाई छाडेन । राजनीतिक उथलपुथल आउला भन्ने आशा निराशामा बदलियो उनी आफ्नै लागि । मंसिर ३ को सो घटनाले उनको जीवन नै उजाड बनाइदियो । गुमेको हातमा पट्टी बाँधेर अस्पतालको शय्यामा गएका उनी त्यहींबाट प्रहरीको कस्टडीमा पुग्न बाध्य भएको अन्नपूर्ण पोस्टमा खबर छ । महेशले नमिठो अनुभव सुनाउँदै भने, ‘हात गुमाउँदाको पीडा त हुन्छ नै, त्यो त मानवीय स्वभाव हो ।
चुनावको अघिल्लो साँझ कुलेश्वरमा ठूलो आवाजसहित बम पड्कियो, त्यसले अरु ककसलाई के के भयो महेशले थाहा पाउन सकेनन् तर उनको भने दाहिने हातै रहेन ।
साभार : अनलाईन खबर
साभार : अनलाईन खबर








