मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

हास्यकलाकार जितु नेपाल ( मुन्द्रे ) र सिताराम कटेल ( धुमुर्स ) को SLC

२८ जेठ, मंगलबार सार्वजनिक भएको एसएलसीको नतिजा कतिका लागि राम्रो भयो, कतिलाई नराम्रो । डिस्टिङसन, फस्ट र सेकेन्ड डिभिजन आयो भनेर मख्ख पर्ने पनि छन् । थर्डमै चित्त बुझाउने पनि छन् । पास हुनेभन्दा फेल हुने धेरै छन् । तर चर्चा चाहिँ पास हुनेको मात्रै छ । एसएलसीको नतिजा सार्वजनिक भएको दिन त्योभन्दा माथि पढिसकेका र पढेर सकाइसकेकाहरुले पनि विगतको याद गर्ने गर्छन् । नेपाल टेलिभिजनको चर्चित हास्य सिरियल जिरे खुर्सानीमा कलाकार जितु नेपाल सिरियलमा भन्ने गर्नुहुन्छ९ ‘थर्ड डिभिजन ल्याएर एसएलसी पास गरेको मान्छे हुँ, के सोच्या छ।।।’ तर वास्तवमा जितुले थर्ड डिभिजन होइन, सेकेन्ड डिभिजनमा एसएलसी पास गर्नुभएको हो । मंगलबार एसएलसीको नतिजा सार्वजनिक भएको दिन कलाकार जितु नेपाल र सिताराम कटेल ले आफ्नो बेला सम्झँदै भन्नुभयो
मुन्द्रेको एसएलसी
‘मैले २०४८ सालमा सिन्धुपाल्चोकको जाल्पा माविबाट एसएलसी दिएको थिएँ । अहिलेजस्तो पहिले नै नतिजा आउँदैछ भन्ने थाहा पनि हुँदैनथियो । बिहान रेडियोले रिजल्ट भयो भनेको दिन म काठमाडौंको जडिबुटीमै थिएँ । तर, पनि दिउँसो मात्र गोरखापत्र हेर्ने मौका मिल्यो । मलाई मेरो सिम्बोल नम्बर अझै याद छ ।
३७९५५’यू’ थियो । अन्तिममा यू भएको हुनाले उतीर्ण हुन्छु भनेर मैले व्याख्या गर्ने गरेको थिएँ । नभन्दै उतीर्ण भएँ । सेकेण्ड डिभिजनमा पास भएँ । त्योबेला मेरो स्कूलबाट ४०र४५ जनाले परीक्षा दिएकोमा म समेत जम्मा ५ जनामात्र पास भयौं । उबेला त्यसरी पास हुनुको महत्व नै बेग्लै थियो ।
मलाई लाग्छ कि डिस्टिङसन, कि थर्ड डिभिजनको महत्व छ । बीचको फस्ट र सेकेन्ड भन्या त उस्तै हो । त्यसैले मैले आफ्नो टेलिसिरियलमा थर्ड डिभिजनलाई महत्व दिएका हौं ।’
धुर्मुस एसएलसीका दिन भूमिगत
अर्का हास्यकलाकार सीताराम कट्टेल धुर्मुसलाई भने पास होला जस्तै लागेको थिएन । ‘मैले झापा गौरादहको ज्ञानज्योति माविबाट एसएलसी दिएको हो । त्योबेला कक्षामा सेकेन्ड हुन्थें । तर एसएलसीमा गणित धेरै बिग्रेको थियो । गणितमा फेल हुन्छु जस्तो लागेकाले रिजल्ट भएको दिन कतै गइँन । घरभित्रै लुकेर बसें ।
भोलिपल्ट स्कूलमा रिजल्ट टाँसेको रहेछ । साथीहरुले तँ त फस्ट डिभिजनमा पास भएको छस् भनेर सुनाए । मलाई पत्यार नै लागेन । गएर गोरखापत्र हेरें । साँच्चै फस्ट डिभिजनमा पास भएको रैछु । साहै्र गदगद भएँ ।

(onlinekhabar.com/2013/06/80945/)