पुस ५ , इलाका प्रहरी कार्यालय बाह्रबिसेले शुक्रबार बिहान तिब्बतको खासा लैजाँदै गरेको भालुको १० थान पित्तसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक जयश्वर रिमालका अनुसार जलविरे –२ का २७ वर्षीय बाबुकाजी थापालाई पक्राउ गरिएको हो ।
अरनीको राजमार्गको बाह्रबिसेस्थित खोर्सानीवारीमा प्रहरीले जाँच गर्दा थापाको शरीर र जुत्ताबाट पित्त बरामद भएको हो । गाडीबाट यात्रु ओरालेर जाँच गर्दा उनको व्यवहार शंकास्पद देखिएपछि थप खानतलासी गरिएको थियो । स्वयम्भूमा तिब्बतीयन मूलकी महिलाले खासा लैजान दिएकाले १०–१५ हजार पाउने लोभले पित्त बोकेको थापाले बताएका छन् ।
नेपालको कानुन अनुसार पित्त ओसारपसार र बेचबिखन प्रतिबन्धित छ ।