मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

फुजेल घटना को दाषि आरोपमा एक जना पक्राउ, पक्राउको विरोधमा काठमाण्डौँ सहित ३ जिल्ला बन्द

भाद्र २२ शनिबार /
        फुजेल घटनामा दोषि रहेको भन्दै ए माओबादिको कार्यकर्ता रामप्रसाद अधिकारीलाई हिजो काडमाण्डौँको बागबजार बाट प्रहरीले पक्राउ गरेको विरोधमा आज ( शनिबार ) काठमाण्डौँ, चितवार र गोरखा बन्दको आवहण गरेका हुन् । अधिकारीलाई घटना चितवानमा भएको भन्दै हिजो नै चितवान लगीएको छ । उनलाई चितवान जिल्ला बाट मुद्धा चलाउने तयारी भैरहेको छ ।

       आफ्नो छोराका हत्यारामाथि कारवाही गर्नुपर्ने माग गर्दै गोरखाका नन्दलाल अधिकारी दम्पत्ति डेढ महिनादेखि वीर अस्पतालदमा आमरण अनशनमा बसेका बेला सरकारले उनीहरुको मागबमोजिम हत्या आरोपमा रामप्रसाद अधिकारीलाई गिरफ्तार गरेको हो ।

             गिरफ्तारको विरोधमा एमाओवादीले घोषणा गरेको बन्दका कारण तीज पर्व प्रभावित हुने भएको छ । तर, नाचगान गर्ने र ब्रत बस्ने आइतबार भएकाले तीज पर्वलाई मध्यनजर गर्दै शनिबारै बन्द गर्ने निर्णय गरिएको ए माओबादि श्रोतले जनाएको छ ।   नेपाली महिलाहरुको महान चाड तिजको अघिल्लो दिन बन्द गरिएको कारण दरखान माईत जाने चेलीबेटीहरुलाई भने मार परेको छ ।