मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा.....भिडियो सहित

भाद्र २० ,
       राजधानीमा जारी आठौँ साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ । 
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विहिबार  भएको समुह चरणको अन्तिम खेलमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दैे नेपाल ७ अङ्कका साथ समुह एको विजेता बनेको हो । हारपछि भारत उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ । 
 
 नेपालका लागि खेलको ६९ औं मिनेटमा अनिल गुरुङले गोल  गरे पछि खेल १–० ले नेपाल अघि भयो । फुटबलमा भारतको दबदवालाई निष्तेज पार्दै ७९ मिनेटमा पुन जुमानु राईले दोस्रो गोल गरे । खेलको अत्तिरीक्त समायमा  भारतले शान्त्वना गोल फर्काएको थियो । पहिलो हाफमा आक्रमक खेलेको नेपाल दोस्रो हाफमा पनि भारतविरुद्ध आक्रमक नै खेलेको थियो । नेपाल र भारत विचको खेल हेर्ना दशरथ रङ्गशालामा करिब २० दर्शक को उपस्थिती रहेको थियो ।
     यस्तै, उता हल्चोकस्थित शसस्त्र प्रहरीबलको मैदानमा भएको अर्को खेलमा पाकिस्तानले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरे पनि हेड टु हेडमा भारत अघिल्लो चरण प्रवेश गरेको छ । भारत र पाकिस्तानको समान ४–४ अङ्क भएपनि समुह चरणमा आत्मघाती गोलका कारण व्यहोरेको हार नै पाकिस्तानका लागि घातक बनेको थियो । पाकिस्तानसँगै बंगलादेश समुह चरणबाटै बाहिरिएको छ । 



भिडियो