विक्रम सम्बत २०७० साल आषाढ ०७ गते शुक्रबार,
त्रियोदाशी तिथि , विशाखा नक्षत्र,सिद्दी योग,कौलब करण,मातंगा योगा, चन्द्रमा वृश्चिक राशिमा ,सुर्य मिथुन राशिमा,
सुर्योदय बिहान ५र१० बजे,सुर्यास्त साझ ०७र०१ बजे
राशिफल
मेष – कमजोरी को फाइदा उठाउने छन्,अनावश्यक झन्झट को सामना गर्नु पर्ने छ,विवाद बाट टाडा रहनु नै बेस हुनेछ
वृष –तपाई बाट प्रभावित हुने सङ्ख्या बढ्ने छ,जता बाट पनि हर्षका खबर आउने छन् मन प्रसन्न रहला
मिथुन –अस्थिरता बढ्ने छ,आम्दानी मा गिरावट को सामना गर्नु पर्ने छ, कडा मिहिनेत को सामान्य उपलव्धि रहला
कर्कट –साहित्यिक तथा सामाजिक क्षेत्रमा मन जाने छनया मित्र संग चिनजान हुने छ ,
सिंह –बाहन बाट सतर्क रहनु होला,आर्थिक कष्टको सामना गर्नु पर्ने छ,सामान हराउन सक्छा सतर्क रहनु बेश हुने छ
कन्या – पराक्रम बढेर जाने छ,मन सम्मान बढ्नुका साथै आर्थीक उपलब्धि हुने कार्य मा हात हालिने छ
तुला – कार्य सजिला सम्पन्न हुने छन्,उच्चजन् को साथ पाइने छ,मन् खुशी रहने छ
वृश्चिक ( मन प्रसन्न रहने छ,गहकिलो अबसर प्राप्त हुने छ,परिवार मा खुशी को अबसर प्राप्त हुने छ
धन – कुतुम्बिया योग ,बिस्वाश गरेका व्यक्ति बाट धोका हुन् सक्छ,बोलि पासो हुने योग छ
मकर ( सहोदर को साथ,सामान्य प्रयास ले काम बन्ने छन् , ,आर्थिक कारोबारमा सफलता मिल्ने छ
कुम्भ – व्यापार मा प्रगति,मात्री सुख,यात्रा सुख को योग का साथै भाग्योदयको समय छ
मिन – प्रतिभा देखाउने अबसर मिल्ला।धार्मिक कार्यमा सहभागी हुनु का साथै अचानक धन हात पर्ने छ








