पुरुष र महिलाका लागि त कण्डम बनेकै छन् । तर अमेरिकामा
समलिंगीका लागि समेत कण्डम बनाइएको छ । अमेरिकी आविष्कारक डेनियल रेसनिकले समलिंगि
कण्डम बनाएका हुन् । कण्डम डिजाइनर समेत रहेको डेनियलले आफुले बनाएको समलिंगी कण्डम
निकै सुरक्षित र आनन्ददायी रहेको समेत दाबी गरेका छन् ।
अमेरिकी स्वास्थ्य मन्त्रालयले उनको यो आविष्कारलाई मान्यता दिएको छ ।
सन् २०१५ सम्ममा यो समलिंगी कण्डम बजारमा उपलब्ध हुनेछ । यो समलिंगी कण्डम पर्स वा
खल्तीमै पनि राख्न सकिनेछ ।
स्मरण रहोस् डेनियलले एक
अमेरिकी कम्पनी अरीगेमीमा शोधका क्रममा यो कण्डम तयार गरेका हुन् । यो कम्पनीलाई विश्वका
दोश्रो नम्बरका धनाढ्य बिल गेट्सको संस्था बिल एण्ड मिलिण्डा फाउण्डेसनले समेत आर्थिक
सहयोग गर्दै आएको छ ।
यो समलिंगी कण्डम सुरक्षित
सम्भोगको दिशामा एक क्रान्तिकारी कदम भएको दाबी गरिएको छ । यो कण्डम समलिंगी पुरुषका
लागि डिजाइन गरिएको हो । यसलाई स्त्री स्वभाव भएका र सेक्सका बेला पनि स्त्रीकै भूमिका
निभाउने समलिंगी पुरुषले लगाउनेछन् । यो निकै आनन्ददायी तथा सुरक्षित रहेको र यसबाट
कण्डम नै नलगाईकन सेक्स गरेसरह आनन्द प्राप्त हुने कम्पनीको दाबी छ । वास्तवमाय यो
कण्डम गुँदामैथुन अर्थात् मलद्धार सेक्समा प्रयोग हुन्छ । समलिंगी सेक्स निकै
असुरक्षित र जोखिमपूर्ण रहेको तथा यो एचआइभी लगायतका यौन रोग संक्रमणको मुख्य कारण
रहेको विज्ञहरुले बताउँदै आएका छन् ।








