मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

प्रदेशी प्रेमीलाई खबर


कुरी राछिन प्रियसीले छिटै फर्कि आउनु अरे
बाध्यताले छुटिएला शिन्दुर पोते लाउनु अरे । २

उमेर पनि ढल्कँदै छ, लाहुरे ले मायाँ मा¥यो  
तिम्रौ सम्झनामा अब, गाउँ बेशी सारा रोयो ।

कात्र्तिक महिना आधा भयो, मंसिर पनि आउनै थाल्यो ।
पाहुना ले धाउन थाल्ये , भमरा नाच्न थाल्यो ।

वर्षौ विते पर्खाईमा आज, बाटो हेर्दै आँखा थाके 
छिटै तिमीलाई भेटैँ भनि, देवीदेउता कति भाके

भन्दै थिईन  ए साईला, उनलाई छिटै बोलाई दिनु
फर्कि आउ ए प्रदेशी , उनको आश टुटनै लाग्यो ।
जीन्दगीको रेल अब, सदा सदा छुटनै लाग्यो ।
कुरी राछिन प्रियसीले छिटै फर्कि आउनु अरे
बाध्यताले छुटिएला शिन्दुर पोते लाउनु अरे । २



Dolakha



चन्द्र खड्का ( अनन्त )
माली ६, दोलखा 
( चरिकोट, दोलखा )