पुस ३ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यसवर्षको एसएलसी ( प्रवेशिका ) परीक्षामा दुई जिल्ला बाहेक अन्य सबै जिल्लाबाट होम सेन्टर हटाउने भएको छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेका आनुसार ६२ जिल्लाबाट हटाईएको होम सेन्टर यसवर्ष ७३ जिल्लाबाट हटाउने काम भईरहेको छ । मनाङ्ग र मुस्ताङ्गमा मा भने यो वर्ष पनि कायमै रहने भएको छ । यी दुई जिल्लामा विद्यार्थीको संख्या थोरै भएको र अन्यत्र सेन्टर राख्न विद्यालय नभएकाले यी बाहेक अन्य जिल्लामा होम सेन्टर हटाउन जिल्ला शिक्षा कार्यालयहरुलाई सर्कुलर जारी सकेको र सोहिअनुसार काम भईरहेको परिक्षा नियन्त्रक द्धारेल बताउनुभयो । होम सेन्टर हटाउँदा नतिजा राम्रो आएको, विद्यार्थी र अभिभावकलाई पढ्नु पर्छ भन्ने लागेको र शिक्षकलाई समेत मर्यादित बनाएको उहाँले बताउनुभयो ।
कार्यालयले गतवर्ष एक हजार ९ सयवटा परीक्षा केन्द्र निर्धारण गरेकोमा यसवर्ष परीक्षा केन्द्रसमेत घट्ने भएको छ । यसपटक परीक्षालाई मर्यादित, चुस्त बनाउन आचार संहिता निमार्ण गरि आचार संहिता कडाईका साथ लागू गर्ने परिक्षा नियन्त्रक द्धारेल बताउनु भयो ।
परीक्षाको तयारी तिब्र रुपमा भईरहेको जानकारी दिदै उहाँले उत्तर पुस्तिका छपाई कार्य भईरहेको र यसवर्ष विगत वर्ष भन्दा छिटो उत्तर पुस्तिका र अन्य सामाग्री जिल्ला जिल्ला पठाई सक्ने बताउनुभयो । त्यसैगरि माघ महिनामा जनक शिक्षामा प्रश्नपत्र छपाईका लागि तयारी भईरहेको जानकारी दिदै परीक्षा नियन्त्रक द्धारेले यसवर्ष करिब ६ लाख विद्यार्थी परीक्षामा सहभागी हुने अनुमान गरिएको बताउनुभयो । यसवर्ष परीक्षा चैत ६ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने छ ।








