जाजारकोट / भदौ १५ – डेढ बर्षको छोरी छोडेर आमा अर्कौ पुरुषसँग दोश्रो विवहा गरेर गएपछि जाजरकोटमा एक वालिकाको विचल्ली भएको छ ।
खलंगा ९ रावतगाँउकी रिता रावत श्रीमान विदेशमा भएको बेला परपुरुषसँग दोश्रो विवहा गरेर गएपछि डेढ बर्षकी वालीका पवित्राको विचल्ली भएको हो । रिताले खलंगा ९ कालेगाँउका दिपक विश्वकर्मासँग केही महिना अघि दोस्रो विवाह गरेकी हुन् । उनका श्रीमान २ बर्षदेखि मलेसियामा रोजगारको सिलसीलामा हुनुहुन्छ । चार बर्षअघि प्रेम विवाह गरेका उनीहरुको डेढ बर्ष अघि पहिलो सन्तानको रुपमा पवित्रा जन्मेकी थिइन् ।
बुवा विदेश गएको बेला आमाले अकै सँग दोस्रो विवाह गरेपछि डेढ बर्षकी छोरीलाई काका र हजुरआमाले स्याहार्दै आएका छन् । ‘आमा खोइ भन्दै मात्र रहन्छे’ काका निलमले भन्नुभयो । दाईले दुई बर्षदेखि दुःख गरेर पठाएको पैसा समेत भाउजुले लिएर गएको निलमले बताउनुभयो । गरिबीका कारण साहुसँग ऋण लिएर दाईलाई मलेसिया पठाएपनि अहिले विजोग भएको उहाँले दुखेसो गर्नुभयो ।
वालिका पवित्रा बिरामी भएपछि अहिले जाजरकोट अस्पतालमा भर्ना गरिएको छ । उनलाई भाइरल ज्वरो देखिएको अस्पतालले जनाएको छ ।







