मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

गोर्खाली एकजुट हुँदै । गोर्खाल्याण्ड आन्दोलन बिरुद्ध ममताको धम्कीपछि गोर्खालिलेनै र्कफ्यु लगाउँदै (भिडियो सहित)

२८ साउन, दार्जिलिङ ।
गोर्खाल्याण्ड आन्दोलन त्याग्न ७२ घण्टे अल्टिमेटम सहितको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले धम्की बिरुद्ध गोर्खालिहरु थप एकजुट भएका छन । अल्टिमेटम सकिन लागेपछि बंगाल सरकारले दमन गर्ने आशंकामा दार्जिलिङका जनताले आफैं प्रशासन विरुद्ध र्कफ्यु लगाउने तयारी गरेका छन् ।

गोर्खाल्याण्ड आन्दोलन दबाउन सुरुमा केवल टिभी प्रशारण, नेपाली चलचित्र प्रतिवन्ध लगायत हतकण्डा अपनाएको बंगाल सरकारले केही सिप नलागेपछि अस्थि अबेर आन्दोलन र बन्द स्थगित गर्न ७२ घण्टाको समयसिमा तोक्दै नरोके कडा कदम चाल्ने धम्की दिएकी थिइन । ७२ घण्टाको समयसिमा सकिन लागेपछि गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गरिरहेको गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले दमन गरिए जनताले आफैं प्रतिकार गर्ने जवाफ दिनुभएको छ । गुरुङले विश्वले गोर्खाल्याण्ड आन्दोलनलाई हेरिरहेको भन्दै दमन गरेर देखाउन चेतावनी दिनुभयो । यसैबिच बंगालकी मूख्य मन्त्री रहेकी ममताले आन्दोलन दवाउन अर्धसैनिक बल सडकमा उतार्ने तयारी गरेपछि गोर्खाल्याण्डका समर्थकहरुले स्वस्फुर्त रुपमा जनर्कफ्यु लगाउने भएको छ । यसको लागी गोरखाल्यान्ड समर्थक सडकमा उत्रने भएका छन् ।

       

       

       

       

मुख्यमन्त्री बनर्जीले कोलकातामा शनिबार पत्रकारसँग बोल्दै भनेकी थिइन् ुमैले ८ दिनसम्म सहें । अब अति भयो । म ७२ घन्टाको समय दिन्छु । म धेरै रफ एन्ड टफ छु । मलाई कडा कदम चाल्न बाध्य नपार ।ु तर ममताको धम्कीपुर्ण चेतावनीपछि गुरुङले मुख्यमन्त्रीको चेतावनीलाई कुनै मतलव नगरी गोरखाल्यान्ड राज्य नपाएसम्म आन्दोलन जारी रहने बताउनुभयो । गुरुङले गोर्खाल्याण्डका समर्थकहरु बंगाल सरकारको कुनैपनि कदमको मुकाबिला गर्न तयार रहेको समेत बताउनुभयो ।

मोर्चा प्रमुख गुरुङले भन्नुभयो ुमुख्यमन्त्री बनर्जीको चेतावनीलाई बेवास्ता गर्दै मुख्यमन्त्रीले आफ्नो भनाई फिर्ता लिनुपर्छ, फिर्ता नलिए जनता कफ्र्यु लागु गरिनेछ ।ु गुरुङले भन्नुभयो ुधम्क्याएर र तानाशाही लादेर हामीलाई झुकाउने सपना मुख्यमन्त्रीले नदेखे हुन्छ। हामी यसका लागि तयार छौं।ु