मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

पिरती बस्यो फेशबुकसँगै

प्रिय फेशबुक, 
     मिठो सम्झना अनि धेरै माया प्रिय फेशबुक, मलाई त आरामै छ अनि तिमी पनि आरामै छौँ होला भन्ने आशा गर्दछु । केही समय अगि सुनेको थिए तिमीलाई मनपराउने अनि एकदमै माया गर्ने साथीहरुको संख्या ५० करोड भन्दा पनि माथि पुगिसक्यो भनेर १ यो खबर सुन्दा र म आफु पनि तिमीलाई मनपराउने प्रशंसकहरु मध्येको एक हुँ भनी चिनाउन पाउँदा एकदमै खुशी लागिरहेको छ ।

        प्रिय फेशबुक, मैले कतै सुनेको अनि पढेको पनि थिए, एकै नजरमा पनि माया बस्छ भनेर तर नढाँटिकन भन्नुपर्दा तिमीलाई भेट्नुभन्दा अगिसम्म यो सब कुरा झुठो हो जस्तो लाग्दथ्यो मलाई तर जब आजभन्दा करिब दुईवर्ष अगि इन्टरनेटको दुनियाँमा भ्रमण गर्ने क्रममा पहिलोचोटि तिमीसित भेट भयो मलाई यो कुरा साँचो हो भन्ने थाहा भयो । 
..............
..........................
           प्रिय फेशबुक, तिमीले मनमनै कति गफ हान्यो यो केटाले भन्यौँ होला तर धरोधर्म यो कुरा सोहै आना साँचो हो । मैले मात्रै होइन, तिमीलाई त म जस्तै कति हो कति साथीले पहिलो भेटमै मनपराउनु भएको छ । यदि विश्वास लाग्दैन भने अहिले यो प्रेमपत्र पढिरहनु भएको साथीलाई नै सोधन् , वहाँले तिमीलाई कति मनपराउनुहुन्छ भनेर रु वहाँले पनि तिमीलाई पक्कै पनि धेरै माया गर्नुहुन्छ भनेर मलाई पुर्ण विश्वास छ । 

        यो त भयो पहिलो भेटको कुरा, तिमीलाई भेटिसकेपछि मलाई पनि तिम्रो साथी बन्न मन लाग्यो अनि त्यसको लागि आवश्यक फर्म भरी साइन अप क्लिक गरी तिमा्रे साथी त बने तर सुरु–सुरुमा आफ्नो प्रोफाइल बनाउदाँ र एकाउन्ट कन्र्फमेशन गर्दा चाँहि तिमीले अलि अलि दुःख दिएर सताको पनि मैलेँ कहाँ भुलेको छु र १ तर तिमीले सुरुमा अलि अलि सताए पनि केही दिनपछि एकपछि अर्को गर्दै मेरो स्कुलदेखि क्याम्पससम्मका साथीहरु र अरु थुप्रै मिल्ने साथीहरु र आफन्तहरुलाई तिमीमार्फत भेट्न पाउँदा म कति खुशि छु भनेर तिमीलाई थाहै छ र तिमीले गर्दा अहिले त मेरो साथीहरुको एउटा सानोसंसार नै भइसकेको छ र त्यसको लागि तिमीलाई जति धन्यवाद दिए पनि अपुग नै हुन्छ तैपनि मेरो ह्दयदेखि नै मुरी मुरी धन्यवाद छ । एउटै शहरमा र टाढा टाढा भएका सबै साथीहरुसँगको भेट अनि उनिहरुको फोटो र स्टाटशमा कमेन्ट हान्दा र अझ च्याटमार्फत अनलाइन भएको बखत प्रत्यक्ष कुराकानी गर्न पाउँदा मलाई मात्रै नभई सबै साथीहरुलाई खुशि लागिहाल्छ नि १ अझ आफ्नै फोटो र स्टाटशमा साथीहरुले हानेको कमेन्टको रिप्लाई गर्न पाउदाँको मज्जा त छुट्टै छ नि । 
           यि बाहेक अरु अनेकन सुविधा दिएर तिमीले मलाई मात्रै होइन करौडौँ साथीहरुलाई मोहोनी नै लगाइरहेकीछौँ तर केहि फेक प्रोफाइल र अश्लिल र विशेष गरी राजनीतिक नेताहरुलाई लक्षित गरी प्रकाशित गरीने सामग्रीले तिम्रो सुन्दरतामा कमि ल्याइरहेको छ । त्यस्ता सामग्री तिमीमार्फत प्रकाशन गर्नेलाई दण्ड र सजाय दिनुपर्ने बेला पनि भइसकेको छ । केही व्यक्तिहरुको त्यस्तो तुच्छ र घृणित कार्यले गर्दा म तिमीलाई गुमाउन चाहन्न , त्यही भएर बेलैमा केही कदम उठाउनु है तिमीले १ प्रिय फेशबुक ,अब अरु धेरै के लेखुँ र साथीहरुलाई पनि बोर लाग्ला फेरी १ अँंं।।।खासमा कुरा के भनी म विशेष कारणवश हाम्रो देश नेपालको छिमेकी देश चीनतिर केही दिनको लागि जादैँछु र त्यहाँ कार्य व्येस्तताले गर्दा तिमीसित भेट गर्न नपाइयेला जस्तो छ । त्यही भएर जानु अगि तिमीलाई यो पत्र लेखेको, म केही दिनको लागि टाढिए अनि तिमीलाई भेट्न आइन भन्दैमा माया चाहिँ नर्मानु नि फेरी १ म केही दिन पछि आइहाल्नेछु नि १ त्यतिन्जेल पर्खि बस्नु है, म चाडै आउनेछु।

उही तिमीलाई धेरै माया गर्ने