श्रावण ९ ( संयुक्त राष्ट्र इमिरेट्स ९यूएई० को आबुधाबीस्थित तल्लो अदालतले पाकिस्तानी नागरिकको हत्या अभियोग लागेका नेपाली अनिश खालिङ राईलाई मृत्युदण्ड सुनाएको छ । मत्स्यपोखरी(३, संखुवासभाका निवासी २३ वर्षीय राईलाई स्थानीय आबुधाबी अदालतले शनिबार मृत्युदण्ड सुनाएको हो । करिब डेढ वर्षअघि घरेलु कामका लागि आबुधाबी गएका राई ०६९ कात्तिक ९ देखि थुनामा छन् ।







