मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

अफगानिस्तानमा भएको कार बम विष्फोटमा चार नेपाली मारिए

असार १८ /
 अफगानिस्तानको काबुलमा गराइएको कार बम बिस्फोटमा चार नेपालीको मारिएका छन् । काबुलस्थित एटलान्टिक सहयोग संगठन नेटोको कार्यालय रहेको कम्पाउण्डमा गराइएको बिस्फोटमा परी नेटो कार्यालयमा कार्यरत चार जना नेपाली सुरक्षा गार्ड मारिएका हुन् । घटनामा दुई जना सर्वसाधारण र चार जना आत्मघाती आक्रमणकारी पनि मारिएका छन् ।

नेटो कार्यालय प्रवेश गर्ने क्रममा आत्मघाती आक्रमणकारी र सुरक्षा गार्डबीच भिडन्तसमेत भएको थियो । बिस्फोटको जिम्मा तालीवानी बिद्रोहीले लिएको छ ।

बिस्फोटमा मारिने नेपालीको नाम सार्वजनिक गरिएको छैन । अफगानिस्तानको सुरक्षाको जिम्मा अफगान सेनाले लिएपछि तालीवान विद्रोहीले आक्रमण तीब्र पारेका छन् । केही समय अघि अफगान राष्ट्रपतिको कार्यालयमै तालीवानी आक्रमण हुँदा केही मारिएका थिए ।