अब भ्रष्ट्राचार को अन्त्य हुनै पर्छ । शान्ति उज्जल दीप बल्नै
पर्छ
हतियारको भरमा शासन ,
अब ढल्नु पर्छ
जन्ता मर्ने खोक्रो कानुन , अब जल्नु पर्छ ।
अशान्तिले दन्किएको , युद्ध भुमि चाहिदैन
शान्तिको उज्जल दीप
, अब बल्नु पर्छ ।
भ्रष्ट्राचारले मउलाएको , महंगीको रुख
बिष मात्र फ़ल्ने त्यों
रुख , जरै उखल्नु पर्छ ।
लुट्नु लुटेउ दलाल हो , जननी जन्मभूमिलाई
देशै लुटने भडुवाहरुको
, चिता जल्नु पर्छ ।
राजनितिकको खोक्रो खेलमा , देशै रित्ती सक्यो
देश बन्न जन्ता
शासन , अब चल्नु पर्छ ।
महंगीको आगोले , देशै सल्की सक्यो
भ्रष्ट्राचारको बिष मेटन
, अमृत फल्नु पर्छ ।
धेरै भयो खेल यहाँ , अब रोक्नु पर्छ
रहस्य को झुटो खेल , अब
छल्नु पर्छ ।
अब भ्रष्ट्राचार को अन्त्य हुनै पर्छ । शान्ति उज्जल दीप बल्नै पर्छ
अन्जान आशिष घिमिरे
राजगढ 4 जन्ता चोक [ झापा , नेपाल ]
हाल दोहा , कातर







