काठमाडौं, असार १५— पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले एकीकृत ने।क।पा।९माओवादी०को उपाध्यक्ष पदबाट राजिनामा दिएका छन् ।
एकीकृत माओवादीको जारी केन्द्रीय समिति वैठकमा पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति मनोनयनमा विवाद देखिएपछि दिक्दार बनेका भट्टराईले पार्टी सुद्धिकरणको अभियान आफैबाट सुरु गर्ने भन्दै केन्द्रीय समितिसामु राजिनामा दिएको वैठकमा उपस्थित एक केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए ।
‘सबैलाई पदमा आफै हुनुपर्ने रु यो सर्वहारावर्गका नेता–कार्यकर्तालाई सुहाउने कुरा भएन,’ उपाध्यक्ष पद त्यागको घोषणा गर्दै डा। भट्टराईले भने, ‘कमिटी प्रणाली भद्दा भो । यसरी पार्टी चल्दैन । मैले उपाध्यक्ष पद त्यागेँ । साथीहरुले पनि आफ्ना दाबीहरु छाड्नुहोस् ।’
जुनसुकै पदमा रहे पनि पार्टीका लागि अहिलेकै जत्तिको काम गर्न सक्ने डा। भट्टराईको जिकिर छ ।
पार्टीमा पछिल्लो समयमा बढ्दै गएको पदलोलुप संस्कृतिले एमाओवादी नेतृत्वलाई निकै अप्ठ्यारोमा पारेको बताइएको छ । आफ्नो पार्टीका नेता–कार्यकर्तामा देखिएको पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने संसदीय संस्कृतिबाट केही समययता अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष बाबुराम भट्टराई निकै वाक्कदिक्क भएको नेताद्वयका निकटस्थहरु बताउँछन् ।
पदोन्नतिबारे असन्तुष्टि व्यक्त गर्दै शुक्रबार मात्रै माओवादी सेनाका पूर्व लडाकूहरुका नौ जना कमाण्डरले एमाओवादी केन्द्रीय समिति वैठक चलिरहँदा अध्यक्ष प्रचण्डलाई राजिनामा पत्र बुझाएका थिए । जनसेनका पूर्व डिभिजन कमाण्डरलाई पोलटब्यूरो र डिभिजन सहायक कमाण्डरलाई पूर्ण केन्द्रीय समिति सदस्य बनाउनुपर्ने ती पूर्व कमाण्डरको माग छ ।
त्यसैगरी, एमालेबाट भर्खरै एमाओवादी प्रवेश गरेका रामचन्द्र झा सचिव पद नपाएकोमा असन्तुष्ट बन्दै वैठकमै गएका छैनन् । उनले शुक्रबार साँझमात्रै बीबीसीलाई अन्तर्वार्ता दिँदै सचिव नपाए एमाओवादी छाड्ने घोषणा गरेका थिए ।
यसैबीच, एमाओवादी केन्द्रीय समितिको वैठक स्थगित भएको छ । केही छिन अघि मात्रै पूर्व स्थायी समितिको वैठक डाकिएको थियो । यसपछि पूर्व पोलिटब्यूरोको वैठक बस्ने एमाओवादीका एकजना केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
http://www.ratopati.com/2013/06/29/73736.html