मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !


चिप्लेर लड्न नपाउँदै फ्रान्सेली महिलालाई गिद्धले खायो


२६ बैशाख, पेरिस ।
फ्रान्समा पहाडबाट खस्ने वित्तिकै एक महिलालाई गिद्धले खाइदिएको छ । दक्षिण फ्रान्सको प्रिरिनिजमा अन्य दुई साथिहरुसँगै पहाड चढ्ने क्रममा चिप्लिएर लडेकी ५२ वर्षीया महिलालाई गिद्धहरुले ढुंगेर आएको प्रत्यक्षदर्शी साथिहरुले बताएका छन ।

पहाडबाट लडेकी ति महिलालाई उनका साथिहरु उद्धार गर्न पुग्दा गिद्धले लुछिरहेको देखेपनि ठुलो संख्यामा रहेका गिद्धहरुलाई धपाउन नसक्दा आफ्नै आँखा अडाडी गिद्धहरुले आएको टुलुटुलु हेर्नुपरेको बताएका छन । गिद्धले ५० मिनेटभित्र महिलालाई ठुँगेरै लुछेको र घटनास्थलमा पुग्दा महिलाको केही मासु र हाड लुछिरहेको पाएको बताएका छन । घटनास्थलमा हड्डी, कपडा र जुत्ता मात्र बाँकी छाडेको बताइएको छ ।

महिलाको पहाडबाट खस्नेबित्तिकै मृत्यु भएकाले बचाउको कुनै प्रयास गर्न नसक्दा नरभक्षी गिद्धले यसरी अकल्पनीय ढंगले खाएको अधिकारीहरुको अनुमान छ ।

१४ अप्रिलमा भएको यो घटनाले अहिले अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा राम्रै ठाउँ पाएको छ । फ्रान्समा उक्त जन्तुलाई संरक्षित वर्गमा राखिएपनि यो घटनापछि गिद्धलाई मार्नुपर्ने आवाज उठ्न थालेको छ ।

अहिलेसम्म गिद्धले त्यहाँ ४२ चौपायालाई मारिसकेको तथा विज्ञान जर्नल नेचरको अनुसार सन् २००६ देखि १० को बीचमा झन्डै १ हजार १ सय ६५ चौपायालाई गिद्धले खाइसकेको छ । त्यस पहाडवरपर चराउनको लागी चौपायाँहरु छाड्न थालेको तथा कुनै समय मान्छे नभएको अवस्थामा चौपाया फेला पारिहाले गिद्धहरुले आक्रमण गरेर खाने गरेको स्थानिय किसानहरुले बताएका छन ।